✍️ सुमन लेप्चा वाङ्चु
एउटै बेञ्चमा बसेर
पढेका धेरै साथीहरु
कोहि डाक्टर बने,
कोहि इन्जिनियर
कोहि शिक्षक
तर म भने
एक सुकुम्बासी ।
हो मैले स्वीकार्नु पर्छ
उनीहरु मेहनती थिएँ
कठोर परिश्रम गरेका थिएँ
र त आफ्नो लक्ष्य सहजै
प्राप्ती गर्न सकेँ
मैले ईष्र्या गरेर हुदैन
म रिसाएर हुदैन
किन कि उद्देश्य प्राप्तिको निम्ति
मैले न त मेहनत नै गरेँ
न त कुनै त्यस्तो कठोर परिश्रम
यहाँ सम्म कि
मेरो पुर्खाले मलाई छोडेर गएको
२/४ कठ्ठा माटोहरु
त्यो पनि म जस्तै पहिचान विहिन छ,
जसको निम्ति आवाज उठाउनु थियो ।
आधा दशक ज्यादा
मानव बसोबास भएको इतिहास हुदाहुदै पनि
सयाद म जस्तो लट्ठक भएर होला
कहिले राजनीतिक दलको पछि लागेर
कहिले आफ्नाहरुको प्रभावमा परेर
पटकपटक “सुकुम्बासी आयोग” ले
यी माटोहरुको परिचय दिन खोज्दा पनि
यहाँको माटोहरुभन्दा
हामीलाई आफ्नो पार्टी पृय लाग्यो ।
हो,
म जस्तै लट्ठकहरु बसेको
मेरो गाउँमा ।
कहिले बुझ्न चाहेन?
यहाँ माटोहरुको प्रयोग गरेर
राजनीतिक गर्न चहान्छन
यहाँका ब्वाँसाहरु भनेर ।
म जस्तो लट्ठकहरुको
एउटै बुझाई छ
ढिलो चाँडो जहिले भएपनी
एकदिन जरुर हाम्रो ठाउँका
माटोहरुको परिचयपत्र बन्नेछ
तर कहिले महसुस गरेन कि
पर्खिदा पर्खिन्दै आधा दशक बितेको
अझै पर्खिने होभने
शताब्दी बित्न सक्छ ।
फेरि बालुवाटार बेच्ने नेताहरुको
यस गाउँमा नजर लाग्योभने
कुन दिन
कुन जंगल फँडानी गर्नु पर्ने हुन्छ ।
हिजो अस्ति झैँ लाग्छ,
गाउँ पालिकाका युवराजले भन्नू भएको थियो,
यस क्षेत्रको सुकुम्बासी बिमारीहरुको
अर्गानिक औषधिहरुको प्रयोग गर्दै
निर्मुल बनाउनेछु
आफ्नै कार्यकालमा भनेर ।
आज २ बर्ष बिति सकेछ
हुन सक्छ युवराजलाई
यो लोकतान्त्रिक गणतन्त्रको समयमा
विरोध, बाधा, अड्चन आयो होला
किन कि यहाँ एउटै भ्रम छ
जुन दलको नेतृत्वमा
यस ठाउँको सुकुम्बासी समस्या हल हुनेछ
त्यो दलले आजीवन यो ठाउँमा
पराजित हुनु पर्ने छैन?
सयाद त्यही भएर होला,
यहाँ कोहि दलहरुले न त आवाज उठाएको छ
न त आवाज उठाउनेहरुलाई खुलेर साथ समर्थन गरेको छ
यसको दोष
कुनै प्रमाण बिना
आफ्नो जिविका चलाएर पर बसेको
चिया कमानलाई दिन्छ ।
यो केवल
म जस्तो लट्ठकहरुले मात्रै सोच्ने हो
अब मेरो गाउँमा
मेहनत गर्नेहरुको जन्म भैसकेको छ
राम्रोलाई राम्रो भन्ने
नराम्रोलाई खुलेर विरोध गर्ने
युवाहरुको जमात
राजनीति भन्दा अगाडी रहेर
आफु जन्मिएको माटोहरुको
परिचयपत्र प्राप्त गर्न
यहि जमिनमा गाड्न र गाडिन तयार छन ।
तब योबेला
म जस्तै लट्ठकहरु
अचम्मित मान्दै
लामो सुस्केरा तान्दै
भलाकुसारी गर्दैछौ कि
यो यतिका बर्ष मानव बसोबास भएर पनि
पटकपटक नापी भएर पनि
माटोहरुको परिचयपत्र नभएको
सयादै मेरो गाउँ होला ।
प्रमाण जुटाउ
गिनिज बुकमा नाम लेखाउ ।
धन्यवाद ।