✍️ रजिन ढुङ्गेल
झापा । सुर्योदय नगरपालिका वार्ड न ६ मा अवस्थित हर्कटेबाट फाजिगाउ हुँदै श्री अन्तु पुग्ने सडक खण्डको मुखैमा लगभग ३०० मिटर सडक हिलाम्मे अवस्थामा छ ।
हरेक बर्खायामको समयमा यो सडक यसरी हिलोमय बन्छ । त्यो समयमा सो बिग्रीएको बाटो वरिपरि भएको घरहरु मिलेर तत्कालीन हिलाम्मे बाटोको समस्या हल गर्थे । तर अहिले सम्म स्थानीय सरकारबाट तत्कालीन या दीर्घकालीन रुपमा यस समस्याको समाधान गर्ने कुनै पहल भएको छैन, नाम नछपाउने सर्तमा यहाँका एक स्थानीय सुनाउनु हुन्छ ।
साँच्चै भन्ने होभने यो प्राकृतिक रुपमा स्वीजरल्याण्ड रहेको हर्कटे बजारको सौन्दर्यमा दाग लगाउने कार्य यो हिलाम्मे मार्गले बनाएको छ ।
यस क्षेत्रका स्थानीयहरु हरेक बर्ष हुने यो समस्या प्रती हैरान भएको छन । स्थानीयहरु भन्नू हुन्छ, राज्यले दीर्घकालीन रुपमा यो समस्या हल गरि दिए हुने थियो । हरेक बर्षको बर्खामा यस्तै हिलो हुन्छ, यहि २/३ सय मिटरमा । हिड्न नै गाह्राे हुन्छ, झन तीव्र गतिमा पानी पर्योभने त जुत्ता चप्पल नै खोलेर हिड्नु पर्ने अवस्था आउँछ । यो मार्ग भएर यहाँको जनप्रतिनिधि हिड्नु हुन्छ, तर ध्यानाकर्षण भएको भेट्दिन? सुनेको थिएँ, स्थानीय सरकार भएपछि विकासका काम छिटो हुन्छभन्ने तर हाम्रो लागि चै झुटा सावित भयो ।
यसै बिषयमा सुर्योदय नगरपालिका वार्ड नं. ६ को वडा अध्यक्ष शिव कुमार बस्नेत लाई फोन सम्पर्क गरेर यो बिषयमा बुझ्न लाग्दा फोन सम्पर्क नभएको हाम्रो इलाम संवाददाता रजिन ढुङ्गेल बताउनु हुन्छ ।
स्मरण रहोस, झापा जिल्लामा गर्मीले उथलपुथल बनाएको अवस्थामा यो ठाउँमा सिरक ओडेर सुत्नु पर्ने एकदमै शीतल वातावरण भएको यो हर्कटे बजारमा मंगलबार बजार लाग्दै आएको छ ।