✍️ निर्धन सविन
घर – जग्गा होला भन्ने आसैआसमा बित्यो ,
मेरा बुबाको सारा समय सुकुमबासमा बित्यो
भोलि मेरो शरीर कसको माटोमा गाडिएला ,
जमिन नहुनेको जीवन यस्तो अत्यासमा बित्यो
छोराको पालोमा पनि घर भएन जमिन भएन ,
बाको जीवन घरजग्गा जोड्ने अभ्यासमा बित्यो
सदनबाट सुकुम्बासी समस्या हल गर्ने भन्नुभयो ,
सुकुम्बासीको जिन्दगी नदीको आसपासमा बित्यो
🏘️ आठराई , तेह्रथुम
Facebook Notice for EU!
You need to login to view and post FB Comments!