झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका मेडिकल अफिसर तथा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कार्यरत डाक्टर सुधाकर झा माथि गएको राती ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १०/१५ जनाको समूहले डा. झामाथि आक्रमण आक्रमण गरेका छन । सो अाक्रमण पछि सामाजिक संजालमा अक्रमणकारीको चर्को बिरोध भइ रहेको छ ।

बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो। हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो।

त्यसको दुई घण्टा पनि नबित्दै त्यहाँ पुगेको उक्त समूहले खाना खाएर कार्यकक्ष नजिक आराम गरिरहेका डाक्टरलाई कुटपिट गरेका छन । समूहले पहिला बिरामी हेर्न दिनुपर्ने र उपचारमा लागेको रकम डिस्काउन्ट गर्नुपर्ने भन्दै काउन्टरमा रहेकी कर्मचारीसँग विवाद गरेको थियो।

आक्रमणबाट डाक्टर झाको नाकमा चोट लागेको छ। उनलाई तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो।
अहिले उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
आक्रमणकारी समूहको पहिचान भएको र उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए।

अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले आक्रमणकारीको नाम गोप्य राखेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!