झापा । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण जनजीवन प्रभावित भइरहेको छ । खास गरि कामको खोजीमा प्रवासमा रहेका नेपालीहरु कोरोना भाइरसका कारण बढि मारमा परेका देखिन्छन ।

कोरोना भाइरसका कारण रोजगार गुमाएर अलपत्र रुपमा परेका नेपालीहरु यति बेला उद्धार र राहतको पर्खाइमा बसेका छन । लकडाउन कारण भारतको हरियाणास्थित सोनिपथमा कर्मथलो बनाइ बस्दै आएका पाँचथर जिल्लाका मिक्लाजुङ गाउँपालिका वडा नं ६ का चार परिवारका नाै जनाकाे नेपाल तरुण भारतले उद्दार गरेकाे छ । अलपत्र परेका जितमान तामाङ, जंग बहादुर तामाङ, तारा तामाङ, सोडियम तामाङ, जस बहादुर तामाङ, निगम तामाङ, निर्जन तामाङ, भिम कुमारी तामाङ र सन्त कुमारी तामाङकाे उद्दार गरिएकाे हाे ।

तीन महिना देखि अलपत्र परेका उनीहरूकाे नेपाल तरुण भारतकाे आर्थिक सहयोगमा उद्धार गरिएको तरुण दल भारतका सदस्य गोरख बिष्टले जानकारी दिए ।

उनीहरूकाे उद्दारका लागि आर्थिक सहयोग गर्ने नेपाल तरुण दल भारत केन्द्रीय कोषाध्यक्ष अर्जुन बोगटी नेपाली जनसम्पर्क समिति क्षेत्रिय सदस्य मिन प्रसाद फुयाँल, तरुण दल भारत केन्द्रीय महासचिव नगेन्द्र प्रसाद जैशी सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समिति अध्यक्ष हर्क रावत, झापा बुलेटिन का झापा जिल्ला संवाददाता विवेक गाहा मगरकाे आर्थिक सहयाेगमा तीन महिनाकाे घर भाडा र रासन खर्च चुक्ता गरि उद्दार गरिएकाे छ ।