ऊ आएको साँझ (कविता)

Byadmin@jhapa_bulentin

३० जेष्ठ १८:४६ ३० जेष्ठ १८:४६ ३० जेष्ठ १८:४६

✍️मुनाराज शेर्मा

हल्लाहरू आयो एउटा हुरी जस्तो
तर ऊ आएन
समाचारहरु आयो मायालु हरफहरूसँग
तर पनि ऊ आएन
बाचाहरु आयो प्रेम बसे जस्तो भयो
तरै पनि ऊ आएन
एसएमएस आयो बिरामी बनाएरै गयो
तरै पनि ऊ आएन
उसको प्रतिक्षामा फूलहरू ओइलिए
आमाको सिरको
तरै पनि ऊ आएन

इलामे झार

तस्बिरहरु आउँथ्यो छुन सकिन्दैनथ्यो
आवाजहरू आउँथ्यो जीवन थिएन
पार्सलहरू आई पुग्थे प्रेम हुदैनथ्यो
चलिरहकै थियो जीवन जस्तै प्रतिक्षा

ओहो !
नभन्दै आयो ऊ आधीँ जस्तै एक साँझ
सधैं हिँड्ने अध्याँरोले बाहेक
उहिल्यै टेकेको माटोले बाहेक
रातको उल्लु चमेरा झयाँउकिरी बाहेक
मुस्किलले गन्ध सुँघ्यो होला आँगनको रूखले
निदायो निदाएन खाटलाई थाह होला
पानी पियो पिएन बगेर जाने पानीको पुस्ताको धारालाई पत्तो होला
उसले हग्ने ढुङ्गा पर्खाल भित्र थियो सायद चलमलायो
उसले टेक्ने दलिन खेल्ने सिकुवा तला उक्लने सिढीँ
त्यहीँ जमेको फोसिल पाइलाले नापेर सुम्सुम्यायो
भित्तामा झुन्डिएको बाबुको तस्विरले बोल्यो उसँग
बाबु आइस्‌ सम्झिस् घरलाई कैले सम्म बस्छस् ?
उसले आँसु ओकल्यो सास घाँटीमा रोकियो
रोयो धेरै बेर छोपेर अनुहार सिरकले
भित्ताहरूले प्रश्न गर्यो उसको अस्तित्वको बैचारिक युद्धको
गाउँ छोड्नु कुनै बैचारिक युद्ध भित्र पर्छ ?
सबै सहने ऊ आफ्नै माटोको प्रश्नले निप्रश्न भयो
लामो बौद्धिक व्याख्यान दियो र आजै साँझ फर्कने सुनायो फैसला
उसलाई पर्खेर बसेको दैलोले सोध्यो
कसरी हँ तिमी आफ्नै घरमा पाहुना जस्तै आयौ ?
उडि जाने निर्वासित चरा जस्तै आयौ ?
गुडै नलाई एक याम जीवन नै नहुर्काई तिमी जाने भयौ ?
उसको सालनाल गाडेको माटोले सोध्यो
तिम्रै निम्ति फूलेको छु म इलामे झार तिम्रै सालमाथि
एक गाडा स्पर्श बिना ,एक गहिरो हेराई पनि नहेरी जाने भयौ कसरी
तिम्रो पसिनाको चाङमा उदाउँने पहिचानको घाम
छिरेर कोठाहरूमा नभेटेर नछोइ अस्तायो
तिमीले सोद्‌धै नसोधेकोमा सुन्तलाको इन्द्रेणी रङ
मलिन भयो र संवेदनाले चाउरियो
म कसरी भनौं अझैं यो आँगनमा च्याबरूङ नाँच्नु थियो
तिमीसँग जीन्दगीका आलीहरू उक्लने कदमहरू मिलाउँनु थियो
र, हेर्नु थियो जीवनलाई झुल्के घाम जस्तो
सुस्तरी नजिकै अझ नजिकबाट सुन्नु थियो तिम्रो हृदय
छोएर तिमीलाई फुस्फुसाउँनु थियो बाँकी बैंशको भुल्काहरू

सोच्नै सकिन
तिमी त पैह्रोको ढुङ्गा जस्तो लड्दै आयौँ लडेरै गयौ
म चकनाचुर हृदयमा थिएँ बोलीहरू चराले टिपी लग्यो
यत्तिखेर म भाव सून्य थिएँ
तिमी त उल्टै एक सेल्फी हानेर गयौ
मेरो आँसुको बाटो
सम्झिन्छु कम्ति खुशी थिइन म
तिमी आउँने साँझ !

इलामे झार

(अन्‌वेस थुलुङ् इलामे झार भनिएको चिनिएको चै यो है । यसबारे कविता पनि छ ।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!