झापाका दुई अलग-अलग स्थानमा खोलाले बगाएर एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार खोलानालामा पानीको सतह बढेको छ ।

खोला तर्ने क्रममा उनीहरूलाई बाढीले बगाएको हो । जमुना खोलाको कज्वे तर्दै गर्दा कचनकवल गाउँपालिका- १ चमर भित्ताकी १४ वर्षीय नेहारिका राजवंशी बेपत्ता भएकी छन् ।

राजवंशीको खोजीका लागि प्रहरी चौकी घेराबारी र सशस्त्र प्रहरी बलको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार दिउँसो राजवंशीलाई खोलाले बगाएको हो ।

कमल गाउँपालिकाको किस्ने खोलाले बगाएर ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् । चौधरी माछा मार्न खोलामा गएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि प्रहरी चौकी गौरादहको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *