✍️ विकिता निरौला

नेपाल सरकारको सहयोगीको रुपमा सेवा गर्ने उद्देश्यले माया घर नेपालको स्थापना गरिएको हो । वि.सं. २०७४ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भएको उक्त संस्थाले विभिन्न कारणले हिंसामा परेका, मानसिक समस्या भएका र विभिन्न कारणले सडकमा जीवन बिताउन बाध्य मानिसलाई उद्धार, संरक्षण र पुनस्थापना गर्दै आएको छ ।

पछिल्लो एक वर्षयता नियमित रुपमा एक सय ५० जना ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको छ । इटहरी २ आयुर्वेदिक टोलमा स्थानीय र विभिन्न क्षेत्रमा सामाजिक व्यक्तित्वको सहभागितामा संस्थाको नाममा करिब ८ कठ्ठा जग्गासमेत रहेको छ । माया घर नेपाल आबद्ध महिलाहरुले स्थापना अघि नै सडक मानव तथा मानसिक समस्या भएका मानिसहरुको उपचारमा समन्वय गर्दै आएका थिए । विधिवत् रुपमा २०७४ सालबाट सेवा दिन थालिए सँगै करिब ४ हजार जना मानिसहरुको पुनःस्थापना एवम् समन्वय गरिएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा पिडितहरुको जीवनस्तर उकास्दै समावेशीकरण मार्फत् स्थानीय स्तरका श्रोत र साधनहरुको परिचालन गरी मानसिक समस्या भएका र हिंसाहरुको पुर्नस्थापना गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक उन्नति गर्ने उद्धेश्यले महिलाहरुको सक्रियतामा माया घर नेपाल स्थापना गरिएको हो ।

संस्थाको उद्देश्यः
✓नेपाल सरकारको नीति निर्देशनमा रही यस संस्थाले निम्न काम गर्नेछ ।

✓यो गैरराजनैतिक, गैरनाफामूलक, जनहितकारी विशुद्ध सामाजिक संस्था हुनेछ ।
✓यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।
✓ यो संस्थाले संस्कार शिक्षा दिनेछ ।

✓आत्मरक्षा सम्बन्धि तालिमहरु सञ्चालन गर्नेछ ।
✓सकारात्मक जीवनशैली तथा नैतिक शिक्षा विषयमा कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
✓असहाय, वृद्ध तथा पीडितहरुको लागि आवास गृह निर्माण गर्नेछ ।
✓ समुदायको विवाद समुदायमा नै समाधान गर्नका लागि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गर्नेछ।
✓ एम्बुलेन्स सेवा सञ्चालन गर्नेछ।

✓आध्यात्मिक ज्ञान, प्रवचन का माध्यमबाट सकारात्मक सोचका विषयमा नेपालभरी नै तथा देश विदेशमा रहने नेपालीहरु समक्ष पुर्याउनका लागि पहल गर्नेछ ।

✓महिला बालबालिका, वृद्धवृद्धा, असक्त, तथा अपांगता भएका व्यक्तिहरुको वृत्ति विकास सहितको बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि कार्यक्रमहरु संचालन गर्ने ।
✓वातावरण संरक्षण तथा प्रबर्धनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने ।
✓ शिक्षामुलक, चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन तथा प्रबर्धन गर्नका लागि छुट्टै संचार श्रोत स्थापना गर्ने तथा अन्य संचारमाध्यमहरुसँग समन्वय गरी कार्य गर्ने ।
✓महिला अधिकार सम्बन्धि सचेतना, घरेलु हिंसा, लैंगिक विभेद विरुद्धको अभियान, महिला मानवअधिकार, महिला सम्बन्धि कानुनका बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गर्नेछ ।


तसर्थ,
माया घर नेपाल समाजमा आशा र विश्वासको प्रतीक बनेको छ, जसले विभिन्न चुनौतीहरुलाई पार गर्दै समाजमा समृद्धि र शान्ति स्थापना गर्न सहयोग गरिरहेको छ। यो संस्था समाजसेवाको क्षेत्रमा नयाँ मानक स्थापित भई नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले अघि बढिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!