अनिता एक विवाहित महिला थिइन । उनीलाई उनको श्रीमान रमेशले आफुलाई माया गर्दैनभन्ने सोच्थिन । उनीले आफ्नो जीवनमा खुशी खोज्दै एक अर्को विवाहित पुरुष राजेशसँग अवैधानिक सम्बन्ध बाँधिन । राजेश पनि उसको श्रीमती रीनासँग असन्तुष्ट थियो । अनिता र राजेश एक अर्का प्रति गहिरो प्रेममा परेर उनीहरु बीचमा शारीरिक सम्बन्ध पनि स्थापित भैसकेको थियो ।
एक दिन, रमेशले अनिताको फोनमा राजेशको मेसेज पढ्यो । उसले तुरुन्त अनितालाई घरबाट निकालेर राजेशको घरमा गयो । उसले राजेशलाई उसको घरको कोठामा भेट्यो । उसले राजेशलाई एक चाकुले घोचेर हत्या गर्यो ।
रीना तरकारी लिन बजार गएकि थियिन । उनी हतार हतार गरेर घर फर्किन्दै थियिन । घरको आँगनबाट उनीले आफ्नो श्रीमानको लाश र रमेशले हातमा चाकु बोकी रहेको देखिन । उनीले गुहार गुहार मेरो श्रीमानलाई मार्यो भन्दै चिच्चाउन थलिन । रिनाको पिडादायिक स्वर सुनेर गाउँले भेला भयो । गाउँले सबैले मिलेर रमेशलाई पक्राउ गर्दै नेपाल प्रहरीलाई जिम्मा लगायो ।
अदालतमा, रमेशलाई जन्म कैदको सजाय दिइयो । अनितालाई पनि अवैधानिक सम्बन्ध विस्तार गरि ज्यान लिन उस्काएको पुष्टि गरि १० बर्षको जेल सजाय सुनायो । उनीहरु बीचको प्रेम कहानी दुख र मृत्युमा अन्त्य भयो ।
एकछिन बस्नुहोस….
यो कथाको अन्त्य होइन । राजेश रमेशको भाइ थियो । उनीहरुले बचपनदेखि एक अर्कासँग द्वेष राख्थे । रमेशले आफ्नो भाईलाई जहिले हेप्थ्यो । यहाँ सम्मको राजेशको आफ्नी प्रेमिका अनितालाई पनि दाजु रमेशले मागी विवाह गरेर पीडा दिएको थियो । राजेशलाई आफ्नो दाईको यस्तो व्यवहार देखेर मनमनै बद्ला लिने सोच बनाउथ्यो ।
राजेशले अनितालाई दाजुको श्रीमती भन्दा पनि आफ्नो प्रेमिका मान्दथ्यो । आफ्नो चोखो प्रेमलाई आफ्नो दाइले टुक्राटुक्रा बनाई दिएपछी राजेशले दाईलाई फसाउने योजना बनाउन थाल्यो । राजेशको मुख्य उद्देश्य रमेशलाई दुख दिनु र उसको जीवन बर्बाद गर्नु थियो । उसले आफ्नो मेसेज अनिताको फोनमा पठाएर, रमेशलाई आफ्नो घरमा आउन भनेर बोलाएको थियो । उसले आफ्नो श्रीमती रीनालाई पनि सब्जी लिन घरबाट बाहिर पठाएको थियो । उसले आफैले आफ्नो हत्या गरेर रमेशलाई दोषी बनाएको थियो । उसले आफ्नो प्रेम र जीवनको बलिदान गरेर रमेशलाई जन्म कैदको सजाय दिलायो ।
“सुमन लेप्चा वाङ्चु”