बुद्धशान्ति गाउँपालिका स्तरीय स्थानीय तह कर्मचारी संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै बुद्धशान्ति गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डाउन गरेको जानकारी दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०/०५/२१ को बैठकबाट संघीय निजामती सेवा विधेयक २०८० पारित गरि निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र सो विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएकोले स्थानीय तहका कर्मचारीहरुको सेवा सुरक्षा सम्बन्धि विषयलाई समावेश गर्नुपर्ने संघर्ष समितिको भनाइ रहेको छ ।
बुद्धशान्ति गाउँपालिकामा माग सहितको २० बुदे ध्यानाकर्षण पत्र बुझाउँदै अनिश्चितकालीन पेन डाउन मार्फत संघीय सरकारलाई स्थानीय तह कर्मचारी केन्द्रिय समितिले राखेको माग सम्बोधन गर्न जोडदार दवाव दिएको हो ।
देवेन्द्र कट्वालको संयोजक्त्वमा २५ सदस्यीय संघर्ष समिती र ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ । जस्मा
संयोजक-देवेन्द्र कट्वाल
सह-संयोजक- मन्जुश्री धिमाल/ तोषराज ठाकुर
सचिव-शिव श्रेष्ठ
सह-सचिव- दुर्योधन (देव) सिंह /धिरेन्द्र कु.यादव
कोषाध्यक्ष-शशी पनेरु
सदस्य- भीष्म सिटौला
सदस्य- निर्मला आचार्य