बुद्वशान्ती, झापा । स्थानीय चुनावी महोलले थलो परेको यस वडाका बासिन्दाहरुमा एकापसमा मान-सम्मान, साथ-समर्थन, सद्भाव अटुट रुपमा सकारात्मक रहोस् भन्ने हेतुले “हाम्रो समाज, स्वास्थ समाज” मुल नारा सहित असार १५ गते देखि बुद्धशान्ति गाउँपालिका वार्ड न ७ को टोल नम्बर ७ मा अवस्थित हडिया युवा क्लबद्वारा “टाेल स्तरिय नक आउट फुटबल प्रतियोगिता” आयोजना गरिएको छ ।
आजको खेल यसै वडाको टोल नम्बर १ र टोल नम्बर ५ बीच भएको थियो । सो खेल टोल नम्बर ५ ले २-० गोलको अन्तरले टोल नम्बर १ लाई पराजित गरेका थियो । आज भएको खेलमा २ गोल जर्सी नम्बर १० लगाएको सिद्वार्थ पाङधाकले खेलको १६ मिनेट र दोस्रो हाफको ४६ मिनेटमा लगाएको थियो । समय अवधिभर खेल निकै प्रतिस्पर्धा भएता पनि गोल गर्न पाएको अवसरहरुको दुबै टिमले सदुपयोग गर्न नसक्दा सोही २ गाेल नै निर्णायक गोल बनेको थियो ।
आज भएको खेलमा, उदयमान खेलाडी जो निकट भविष्यमा नेपालको राष्ट्रिय खेलाडी हुने सम्भावना बोकेका १३ बर्षिय जर्सी नम्बर ९ लगाएको दर्पण कुलुङ राई “म्यान अफ दि म्याच” भएका छन । यस खेलमा राईले गोल गर्न नसकेता पनि राईले प्रदर्शन गरेको खेल कौशलले सबै दर्शकहरुको मन रसाएको थियो ।
हिजो भएको उद्घाटन खेल टोल नम्बर ३ र टोल नम्बर ६ बीच भएको थियो । सो खेल टोल नम्बर ३ पेनाल्टी सुट आउटद्वारा विजयी बनेका थियो । भोलि हुने खेल टोल नम्बर ४ र टोल नम्बर ७ (आयोजक) बीच बुद्वशान्ती गाउँपालिका वार्ड नम्बर ७ सुनमाईमा अवस्थित राष्ट्रिय विजय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
यस प्रतियोगिताको आयोजक समितिको अध्यक्ष धिरेन लिम्बू भन्नू हुन्छ, यो प्रतियोगिता असार १५ गते देखि असार २१ गते सम्म संचालन हुनेछ । यस प्रतियोगिताको विजेतालाई नगद रु १२ हजार, ट्रफी, प्रमाणपत्र र उपविजेतालाई नगद रु ७ हजार, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।