बुद्वशान्ती, झापा । देशव्यापी रुपमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टी बीच गठबन्धन भएको छ । यसै नितिलाई अवलम्बन गर्दै बुद्वशान्ती गाउँपालिका वार्ड नं. ७ मा पनि कांग्रेस र माओवादी बीच गठबन्धन भएको छ । गठबन्धनमा उम्मेदवार वडा अध्यक्षमा नेकपा माओवादी पार्टीबाट मातृका पौड्याल, नेपाली कांग्रेस पार्टीबाट वडा सदस्य क्रमशः मोहन आचार्य, खागेन्द्र गड्तौला, डिकुरा अर्याल घिमिरे र मन्जु दर्जी रहेका छन ।
यहि गठबन्धन टिमलाई निर्वाचित व्यवहारिक रुपमा गराउन संयुक्त रुपमा आज धार्मिक स्थल सहर्ष देवी मन्दिर तीनधारेमा छलफल सम्पन्न भएको छ । यस छलफलबाट आपसी समझदारीमा नेपाली काँग्रेस वडा समिती सभापति दिपेन लावतीको संयोजकमा र नेकपा माओवादी केन्द्रका अध्यक्ष नवराज गड्तौलाको स-संयोजकमा गठबन्धन सम्पर्क कार्यलय समिती, चुनाव प्रचारप्रसार समिती र राजु आचार्यको संयोजकमा आर्थिक समिती गठन भएको छ ।
धार्मिक स्थलमा सम्पन्न भएको बैठकमा गठबन्धन पार्टीको सभापति र अध्यक्षद्वारा सहर्ष देवीलाई साक्षी राखेर एकाअर्कामा अन्तर्घात नगर्ने प्रतिबद्धता पनि गरेका छन । भोलिको दिनमा कोहि कसैबाट अन्तर्घात भएको पाएमा गठबन्धन नितिनियम अनुसार सम्बन्धित निकायमा कुरा राखी तुरुन्तै कार्वाही गरिने सहमति भएको छ ।