ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिका वडा नम्बर ६ मामांखे स्थायी बसोबास भई हाल सोही गाउँपालिका वडा न. ४ तेल्लोकको श्री तेल्लोक माध्यमिक विद्यालयका स्थायी शिक्षक कल्पना थक्लुङ्ग लिम्बुको श्रीमान बर्ष ४० को बुद्धिमान लिम्बू(बुद्व लिम्बू) बिगत ३ बर्ष देखि मुटु रोग र अन्य स्वस्थ्य समस्याको कारण थलिएको छ । धेरै पटक अस्पतालमा उपचार गराइ नियमित डाक्टरको परामर्श र निगरानीमा रहेता पनि बिगत १५ दिन यता उनी झापा बिर्तामोड स्थित बि.एण्ड.सि अस्पतालको आइ.सि.यु कक्षमा उपचाररत अवस्थामा हुनुहुन्छ । अपेक्षित स्वास्थ सुधार नभएर झन झन बिँग्रदो र जटिल बन्दै गए पछि डाक्टरले उहाँको मुटुको भल्भ फेर्नु पर्ने जानकारी दिएको बिमारीको अभिभावकले सुनाउनु भयो ।
उहाँको श्रीमती कल्पनाको भनाई अनुसार उहाँलाई मुटुको भल्भ फेर्नका लागि काठमाडौको गङ्गालाल मुटु अस्पतालमा लैजाने तयारी भइ रहेको, विगत देखि उपचार धेरै गरिएको हुँदा आर्थिक रुपमा पनि धेरै खर्च भैसकेको र लामो समय उपचारमा खर्च हुँदा परिवारिक आर्थिक अवस्था जीर्ण भएको अब मुटुको भल्भ नै फेर्ने हुँदा सो खर्च परिवारले निकाल्न नसक्ने पीडा श्रीमती कल्पनाले झापा बुलेन्टिनका प्रतिनिधिलाई जानकारी गराउदै सहयोगी मनहरुसँग सहयोगको लागि दश औला जोडेर आँखाभरी आँसु बनाउदै आग्रह गर्नु भयो ।
मुटु रोग र आर्थिक समस्याको अन्तरिक द्वन्दको कारण जीवन पाउने कि आर्थिक अभावमा मृत्यु पाउने परिस्थितिसँग जुधी रहेका बिमारी बुद्दिमान लिम्बूलाई थोरबहुत तपाईहरुको सक्दो सहयोगले एक व्यक्ति पैसाको अभावले निम्ताएको मृत्युबाट बचाउन सकिन्थ्यो तसर्थ सबैले आ-आफ्नो स्थानबाट सहयोग गरि दिनु हुन यस अभियानको अभियान्ता डिल्ली राज लिम्बुले थप आग्रह गर्नु हुन्छ ।
सहयोगको लागि सम्पर्क:
9863168573-निजको श्रीमती कल्पना
बैक खाता नाम – डिल्ली राज लिम्बू
खाता नम्बर -041011060004093
सानिमा बैक लिमिटेड