✍️ लेकाली कान्छा “मुक्कुम” (ताप्लेजुङ्ग)
गाऊँले छिमेक मिल्दा-मिल्दै बिभेत गर्ने सरकार देख्छु।
मन्दिर माथि करोड छुट्दा माङ्हिम माथि हजार देख्छु।
ब्रम्हाण,क्षेत्री,बैश्व,शुद्र एउटै घरको सदस्य छौँ
एउटा नहुदा नि बिरहको रेट्ने धार देख्छु।
एक जनालाई बिमार पर्दा अर्को हातले दबाई ख्वाउछौँ
ब्यार्थै माथिबाट यहाँ छुवाछुतको खबरदार देख्छु।
राष्ट्रिय झण्डा भन्छन् तर त्यहीँ साझा झण्डा माथि
बहिस्कार छन् सयौँ फुल एउटा फुलको मुहार देख्छु।
सबै भाषा लिपि धर्म संस्कृतिको सम्मान भन्छन्
सरकारी त्यहीँ काम-काजबाटै कयौँ भाषामा बार देख्छु।
गाँऊ घर सहर प्रदेशकै न्वाँरानको नाम हटाए
अतिक्रमित बिरानो नाम राख्नेकै यो संसार देख्छु।
नागरिकता दिने देशको अभिभाबक रोज दिदैन
अब जीवन चलाउनलाई साउदी अनि कतार देख्छु।
वनको देउता भन्दा पनि देशकै देउता प्रतिकुल छ
रत “मुक्कुम” तिम्रो उचाई उन्नाइसबाट अठार देख्छु।