शिर्षक: छाता (विधा: कविता)

BySuman Lepcha

१५ कार्तिक १८:५९ १५ कार्तिक १८:५९ १५ कार्तिक १८:५९

✍️ अन्जना इछमफूल

घाम लागोस् कि पानी परोस्
छाता ओढेर हिडिरहन्छ मान्छे
जिन्दगीको लामो बाटो

पानी पनि परेन
घाम पनि लागेन भने
झोला भित्र उकुसमुकुस कोचिदिन्छ छातालाई
चौतारीको बिसौनीमै बिर्सिराख्छ
पानी पिउदा पँधेरीमै छाडिराख्छ
र एक्लै हिड्छ मान्छे
आफूलाई मात्र सम्झेर ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!