२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ ।
रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!