✍️ नितेश शाह
झापा । हल्दिबारी गाउँपालिका वडा न ४ को मङ्गलबारे बजारमा हल्दिबारी समाबेशी युवा महिला संस्था एवम नेपाल स्वयमसेवी रक्तदाता समाजको सयुक्त आयोजनमा बृहत् रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।
निर्धारित समय अनुसार प्रदेश सांसद माननीय पूर्ण सिङ्ग राजबंशीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ६४ जना पुरुषले गरि ७१ जनाले रक्तदान गरेको थियो ।
I
पटकपटक गरि २४ पटकसम्म रक्तदान गर्ने स्थानीय समाजसेवी तथा दीपज्योती युवा परिवारका सचिव उमेश कुमार विमली र २७ पटक रक्तदान गर्ने युवा समाजसेवी दुर्गा खरेलले रक्तदान कार्यक्रम पश्चात् सम्पुर्ण युवालाइ नियमित रक्तदान गरेमा स्वस्थ पनि राम्रो हुने धर्म पनि हुने भनी प्रोत्साहित गर्दै मन्तव्य राख्नु भएको थियो ।
भर्खरै मात्र दर्ता गरिएको हल्दिबारी समावेशी युवा महिला संस्थाकी अध्यक्ष एवम समाजसेवी सरस्वता चम्लागाईले सहभागी सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान गरेर यस कार्यक्रमलाई सफलता पुर्वक सप्पन्न गरि दिनु भएकोमा धन्यवाद प्रकट गर्नु भयो साथै आगामी दिनहरुमा पनि समाजिक सहयोग पुराउने गतिविधि तथा कार्यक्रमहरुको संचालन गर्ने अवगत गराउनु भयो ।