✍️ रजिन ढुङ्गेल

झापा । नेपालको काभ्रेपलान्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने वोधिचित्त एक रैथाने वनस्पति हो । यो वनस्पति नेपाल बाहेक संसारका कुनै ठाउँमा पाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल भनिन्छ । बुद्ध धर्मावलम्बिहरुका अनुसार बोधिचित्त बिरुवा आठौं शताब्दी तिर गुरु पद्म सम्भम (गुरु रेम्पो छे) लुम्बिनीबाट तिब्बत फर्किने बेलामा तिमालमा तपस्या गरि जान लाग्दा तिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको यसै संस्थाको कर्मचारी एचआर म्यानेजर सुमन लेप्चा सुनाउनु हुन्छ ।

बोधिचित्तको १ बर्ष हुन लागेको बिरुवा

नेपालको तराई देखि २२०० मिटरको उचाइसम्म सेप नलाग्ने, पानी नजम्ने कोरेसाबारी, बगैचा, बारी लगायतका जुनसुकै जमीनमा यसको खेती गर्न सकिन्छ । यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ । कुनै-कुनै बिरुवाले बर्षमा दुई पटक फल फल्न पनि सक्छ । यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ । २० देखि २५ फिट अग्लो झाडी हुने भएकोले एक पटक रोपेपछि पचास वर्ष ज्यादा समयसम्म फल फलि रहन्छ । रातो माटो, कालो माटो, बलौटे माटो अर्थात सबै खाले माटोमा राम्रो संग हुर्काउन सकिने छ । तुसारो र हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपर्ने कुराको जानकारी यसै संस्थाको अध्यक्ष धनपती आचार्य सुनाउनु हुन्छ ।

२ फीट गहिरो तथा २ फिट गोलाइको खाडल खनेर मल र माटोको मिश्रण राख्ने, त्यसपछि बिरुवालाई रोप्ने, आवश्यकता अनुसार सिचाँइ दिने, हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छभने हिउदमा पनि राम्रोसंग यसलाई लगाउन सकिन्छ । स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्कि सकेपछि त्यति धेरै हेरचाह गरिरहन पर्दैन भनेर यसै संस्थाको कृषी प्रविधिक प्रमुख राजेश क्षेत्री भन्नू हुन्छ ।

एकै रुखको फलबाट २ लाख देखि २ करोड सम्म आम्दानी हुने हुँदा यसको व्यवसायिक खेति गर्ने किसान र व्यापार गर्ने व्यक्तिहरुको छोटो समयमा नै आर्थिक अवस्थामा सुधार भइ रहेको हुँदा यसैलाई मध्यनजर गर्दै पुर्वमा पनि यो खेतीको सम्भावना ज्यादै भएको हुनले बोधिचित्तको बिरुवा ल्याएको हौँ भन्दै यसै संस्थाको म्यानेजर प्रेमसागर घिमिरे बताउनु हुन्छ ।

बिरुवाको लागि फुटाएको ३ मुखे बोधिचित्तको दाना

आधिकारिक रुपमा सस्तो, सुलभ, बजार व्यवस्थापनको ग्यारेन्टी र किसानहरुको लगानीको सुरक्षित गर्दै बोधिचित्तको बिरुवा किसानहरुलाई बेच्न लागेको हौँ । यस बोधिचित्तको एक बिरुवाको मूल्य रु ५ सय पर्नेछ । यो बिरुवा ४/५ दिनमा यश संस्थाको केन्द्रिय कार्यलय बिर्तामोडमा उपलब्ध हुनेछ । यदि इच्छुक किसानहरुले 9801979600 / 9801979602 / 9801979605 / 9801979620 मा सम्पर्क गरेर अर्डर गर्न सक्नु हुनेछ भन्दै यसै नेशनल मोर्डन एग्रीकल्चर नेपाल कम्पनीका मार्केटिङ म्यानेज राजकुमार केरुङ्ग जानकारी दिनु हुन्छ ।

बोधिचित्तको बिजन