✍️ नितेश शाह
झापा । हल्दिवारी गाउँपालिका वडा नं. ५ बस्ने ७३ बर्षका मोतिलाल बास्तोला साउन २२ गते बिहिबारका दिन बिहान करिब ९:३० बजे घरबाट हिडेर बेपत्ता भएका थिए । आज अचानक हल्दिवारी गापा वडा नं: ५ मा पर्ने शान्ती आधारभुत विद्यालयको दक्षिणी परिसरमा रहेको चारकोसे जङ्गल भित्र रुखमा झुन्डेको अवस्थामा मृत फेला परेकाछन । स्थानीयबासीहरु घाँस काट्न गएको बेला अचानक सडेको दुर्गन्ध फैलिएपछि मृतकले लगाएको टोपी र भिरेको चुपीको पहिचान गर्दा मात्र बास्तोला नै भएको आधार पाइएको थियो ।
खोज अनुसन्धान गर्दा निज बास्तोलालाइ मृत अवस्थामा फेला पारेपछी स्थानीय हल्दिवारी (जलथल) प्रहरीको टोली अतिरिक्त सहायक निरिक्षक दिनेश माझीको नेतृत्वमा खटिएको टोलीद्वारा उद्धार कार्यमा जुटेको थियो । बास्तोलाको आत्माहत्याको कुनै पनि कारण नभएको र घरायसी झै-झगडा विवाद केही नरहेको साथै खोजी क्रममा यस्तो अकाल्पनिक तरिकाले झुन्डिएको अवस्थामा आफ्ना बुवा(अभिभावक) लाई पाउँदा परिवारजन गहिरो शोकमा डुबेका छनभने बास्तोलाको शव लाई पोस्टमार्टमको लागि मेची अस्पताल पठाइएको कुरा हल्दिवारी (जलथल ) प्रहरी अतिरिक्त सहायक निरिक्षक दिनेश माझीले झापा बुलेटिनलाई जानकारी गराउनु भएको छ ।