झापा । कोरोनाबाट विश्व संकटमा रहेको बेला लकडाउन साथमा बिति रहेको दिनचार्यको सम्बन्ध र पेसागत केहि अनुभवको बारेमा हाल बुद्ध एयर प्रा.लि. मा पाईलट पेसाले कार्यरत रहेका क्याप्टेन शैलेस नेम्बाङ्ग लिम्बुसंग झापा बुलेन्टिनका प्रतिनिधि राजा माबोले गर्नु भएको छोटो कुराकानी ।

✍️ हजुर नमस्कार! आराम हुनुहुन्छ?
-🗣️नमस्कार! आरामै छु ।

✍️ लक डाउनलाई कस्तो अनुभव गर्नु भएको छ? लकडाउनको खाली समयलाई कसरी सदुपयोग गर्नु भयो?
🗣️ लक डाउन हामी सबैको लागि एकदमै नौलो अनुभव हो ।यस covid19 को महामारी र हालको लकडाउनले हामीलाई जीवनमा थुप्रै कुराहरु सिकाएको छ। विश्वलाई नै अत्यन्तै प्रभाव पार्ने महामारी र यसबाट उत्पन्न भएका अवस्थासंग जिउन सिकिरहेको छु । आसा छ यसको खोप वा औषधि चाडै नै बन्नेछ । बिहान घरमै ब्यायम गर्छु, अनि घरको कामहरु सघाउछु। कहिलेकाहि पढ्छु,नेट-ईन्टरनेटले पनि राम्रैसंग टाईमपास गराई रहेको छ । यसरी नै लक डाउनको समयलाई बिताई रहेको छु।

✍️ हजुरको बाबा, आमाको शुभनाम? हजुरको उमेर, जन्म स्थान?
🗣️ मेरो बाबाको नाम चन्द्र कुमार नेम्बाङ्ग र आमाको नाम तारा लिम्बू मादेन हो अहिले म २८ बर्षको उमेरको भए । म सुनसरीको धरानमा जन्मिएको हुँ ।

✍️ हजुर पाईलट पेसामा आउनु भएको कति समय भयो होला? हाल कुन एयरलाईन्समा कार्यरत हुनुहुन्छ? एक जिम्मेवार पाईलट बनि सकेपछि आकाश र जमिन कुन प्रीय लाग्दो रहेछ?
🗣️ पाईलट पेसामा लागेको लगभग तीन बर्ष हुन लाग्यो । हाल म बुद्ध एयर प्रा.लि.मा कार्यरत छु । मलाई आकाश र जमिन दुबै प्रीय लाग्छ । दुबैको आ-आफ्नै महत्व छ । विशेष गरि आकासमा हुदाको क्षण चाहिँ जीवनको अविस्मरणीय क्षण लाग्छ मलाई ।

✍️ हालसम्म कतिवटा फ्लाईट र कति घण्टा आकासमा उड्नु भयो? पाईलट पेसा, पेसागत हिसाबले उच्चस्तरिय पेसा र पेसाको सेलिब्रेटी पनि भन्छन्, कतिको दायाँ बायाबाट फोन, मेसेन्जरले सताउने गर्छ?
🗣️ हालसम्म मैले आकासमा २६०० घण्टा जति बिताई सकेको छु । हो पाईलट पेसालाई पेसागत हिसाबले उच्चस्तरिय मानिन्छ । तर पाईलट पनि सामान्य मानिस सरह नै हो । दायाँ बायाबाट फोन मेसेन्जरले खासै त सताउदैन तर अलि-अलि कल र मेसेजहरु चाहिँ आउछन् ।

✍️ पुर्व ब्रिटिस आर्मीको छोरा हुनुहुदो रहेछ किन ब्रिटिस आर्मी जागिर रोज्नु भएन? पाईलट भएर पनि नेपाली आकाश नै रोज्नुको कारण?
🗣️ मेरो चाहिँ आर्मी पृष्ठभुमी भएको परिवार हो । बाबा र दाई दुबै जना ब्रिटिस आर्मीमा हुनुहुन्छ । उहाहरुले हिड्नु भएको मार्ग भन्दा अलि छुट्टै किसिमको काम गर्ने सोच थियो । आफ्नै देशमा केही गरौ भन्ने लाग्थ्यो मलाई । त्यहि भएर मैले पाईलट बनेर पनि नेपाली आकाश नै रोजेको हुँ ।

✍️ सबैलाई थाहा नभएको तर आकाशमा उडि रहदा आफुलाई अनुभव भएको केही महत्वपुर्ण र गोप्य कुरा बताई दिनुहुन्छ कि?
🗣️ आकाशमा उडि रहदा धेरै जनालाई थाहा नभएको कुरामा म के भन्न चाहान्छु भने, आकाशमा उडि रहदा कहिले काहीँ टर्बुलेन्स वा बादल धेरै भएको बेलामा खासै आतिनु पर्दैन । यसका साथै जहाजमा कुनै किसिमको टेक्निकल खराबी आई हालेमा त्यसमा एकदमै डराई हाल्नु पर्ने स्थिती हुदैन । किनभने पाईलटहरुलाई यस्ता परिस्थितिहरु राम्रोसंग सम्हाल्ने उपयुक्त तालिमहरु दिईएको हुन्छ ।

✍️ मैले सोध्न भुलेको केही भए कृपया…?
-🗣️ लगभग भुल्नु भएको जस्तो लागेन मलाई, सायद यति नै होला ।

✍️ अमुल्य समय र महत्वपुर्ण गफगाफको निम्ति यहाँलाई मेरो व्यक्तिगत तथा झापा बुलेन्टिनको तर्फबाट हार्दिक धन्यबाद दिन चाहान्छु ।
🗣️ हस यहाँ लगायत झापा बुलेन्टिन परिवारलाई समेत मेरो तर्फबाट पनि धन्यबाद ।

(निज क्याप्टेन शैलेस नेम्बाङ्ग लिम्बु हाल बुद्ध एयर प्रा.लि.मा पाईलट पेसाले कार्यरत छन् भने झापा बुलेन्टिनका प्रतिनिधि राजा माबो कवि तथा गीतकार समेत हुन्)

Facebook Notice for EU! You need to login to view and post FB Comments!