“खबरदार! डाइनोसर” (कविता)

Byadmin@jhapa_bulentin

६ श्रावण २१:३६ ६ श्रावण २१:३६ ६ श्रावण २१:३६

✍️ लिम्बू माबो एराज (सिरिजंगा- मामांखे ताप्लेजुङ्ग)

मलाई आफ्नै आँगन
पराई हुन्छ जस्तो लागेन
हिजो मेरो थबाले
पसिनाधारा बगाएको
यो माटोमा
मेरो जुजुपुर्खाले रगत बगाएको
यो सुन्दर धर्तिमा
आज अचानक डाइनोसरहरूले
सबै भत्ताभुङ्ग बनाएर
चकनाचुर बनाएर
लुम्सोमात्र राख्छ्न भनी
विश्वासै थिएन,
कल्पना गरेको पटक्कै थिँईन मैले ।

अस्ति भर्खर चुनावमा
डाइनोसरहरू,
भोक तिर्खा लाग्यो भनी
हात जोड्दै,
खुट्टा भाँच्यो भनी
सेवाको भिख माग्दै आउँदा
मेरो युमाले त्यही जमिनमा
दश नङ्ग्रा खियाएर बनाएको
फुङ्ग:खे, बाँको र मा:किको मीठो सिजङ्ग्वा दिँदा
मसक्क मस्केर गरेको बाचा
त्यही हाम्रो छाप्रोमा, झुपडिमा
पेना:थिको तङ्बाले स्वागत गर्दा
सत्ते, कसम त्यही
प्यारो धर्तिको मोतिले
प्यारो आम्भुले डाइनोसरहरूलाई
फुदोङ्गको चेप टक्राइ दिँदा
हर्षले गरेको बाचा
आज भुली हाल्छ्न जस्तो लागेन!।

तिनै थबा, युमाको आशिर्वादले
आम्भुको कामनाले
आज ती! डाइनोसरहरूमा,
तागत बढ्यो बल बढ्यो
अनि कयौं चुनाव जिते
लडाइ जिते
उनीहरू सधै
विजयी बने नि, पराजय बने नि,
विजयीको नारा घन्काई रहे ।

खोक्रो आश्वासन दिएर
झुटो बाचा गरेर
म जस्ता
कैयौं सुकुम्बासीको छाप्रोमा,
बम हानी रहे
गोली बर्साइ रहे
आगोको ज्वाला फाली रहे
कयौं सपना भत्कियो
कैयौं जीवन मार्ग लच्कियो
बस! डाईनोसर्सहरू
हाँसी रहे
सिँहदरबारमा बसेर
पेट फुलुन्जेल खाई रहे
तमझमका साथ नाची रहे ।

अब, खबरदार!
डाइनोसर हो?
हाम्रो घर जलाउ,
रगत र पसिनाले सिँचिएको
यो पुर्खौली धर्ती खोसाउ
जमिन फुटाउ
लालपुर्जाको सट्टा
बम र गनपुर्जा बर्साऊ
तर हाम्रो आत्म जल्दैन
हाम्रो मानवताको
यो कसिलो नाता
कदापी फुट्दैन, छुट्दैन
हामी कमिलाको ताँतीझै
आउनेछौ? पर्ख, आउनेछौ?
एकताको चुम्लुङ्ग बनाएर ।

हो,
तेतिखेर तिमीहरूको
फेरि भोको बिरालो झै
म्याउ, म्याउ, गर्नेछौ
साच्चै! अस्तित्व नै गुम्नेछ
हामी मानव भएर यहाँ
साच्चैको डाइनोसर झैँ
पशु समान
यो धर्तिमा
तिमिहरूको नाम निशाना मेटिनेछ
पक्का, पक्का बन्नेछौ?
हेर,
पर्खी बस
डाइनोसर हो ।
खबरदार!
डाइनोसरहरू हो ।

नोगेन !

शब्दार्थ-

*थबा: पुर्खा बाजे
*युमा: पुर्खा बोजु
*आम्भु: मेरो दाजु
*फुदोङ: लिम्बू जातिको कुटुम्ब भेटघाटमा आपसमा दिईने *कोसेली: मेजमान
*फुङ्ग:खे: रक्सी बनाउने कच्चा एक प्रकारको तरुल,फुलतरूल
*माकी: मकै
*पेना:थि : कोदोको जाँड
*बाँको : लडुवा

Facebook Notice for EU! You need to login to view and post FB Comments!