समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडा लगाउने प्रकरणमा सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भए पनि ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन राजनीतिक इच्छाशक्तिको अभाव नेपालका लागि सबैभन्दा ठूलो चुनौती रहेको विज्ञहरूले बताएका छन्।

उक्त प्रकरणमा दोषी ठहर भएका ९ जना विरुद्ध अर्को साता सजाय निर्धारण गरिने बताइएको छ।

अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले निलम्बनमा रहेका गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। भृकुटीमण्डप फन पार्क मेला सञ्चालक रहेका गुरुङलाई विना प्रतिस्पर्धा १५ वर्षका लागि जग्गा भाडामा दिने निर्णय गरिएको थियो।

चुरे भावर पार्टी हुँदै राजनीति अघि बढाएका न्यौपाने पछिल्लो समय आम जनता पार्टीमा क्रियाशील थिए।

विशेष अदालतले दुई पूर्वमन्त्रीहरूलाई दोषी ठहर गरेकोले अख्तियारका पूर्वप्रमुख आयुक्तले भ्रष्टाचार नियन्त्रण सम्बन्धी संयन्त्रहरूको गिर्दो साखप्रति चिन्ता जनाएका छन्।

ट्रान्सपरेन्सी इन्टरन्याश्नलको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १८० देशमध्ये ११० औँ स्थानमा सूचीकृत भएको थियो।

स्रोतः बीबीसी

Facebook Notice for EU! You need to login to view and post FB Comments!