रोङ, इलाम । देशव्यापी रुपमा पार्टीबाट वैधानिक रुपमा टिकट पाउनेभन्दा पार्टीबाट टिकट नपाएर असन्तुष्टि व्यक्ति गर्दै स्वतन्त्र उम्मेदवारी दिनेहरुको भीडमा रोङ गाउँपालिका वार्ड ४ मा नेपाली कांग्रेसका सिङ्गो वार्ड नै लागि परेको छ ।
निर्वाचन आयोग इलामको तथ्यांक अनुसार वार्ड ४ बाट नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्षको टिकट पाउने भारत राई र एक वडा सदस्यले मात्रै कांग्रेसको चिन्ह बोकी प्रतिस्पर्धा गर्दैछभने रुष्ट कांग्रेस कार्यकर्ताहरु सिङ्गो टिम बनाएर स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेको छन ।
रोङ ४ का कांग्रेस कार्यकर्ताहरुले टिकट भारत राईलाई दिनु हुदैन भनेर खबरदारी गर्दा गर्दै पनि नेका इलाम जिल्ला सभापति डम्बर बहादुर खड्काको ठाडो निर्देशनमा सोझै भारत राईलाई टिकट दिदै “एक ठाउँमा कांग्रेस पार्टी हार्दा केही हुदैन” भन्ने अभिव्यक्ति आएपछि सिङ्गो वार्ड नै असन्तुष्टी भएर स्वतन्त्र उम्मेदवारी दिएको बताउनु हुन्छ ।
यसरी उम्मेदवारी दर्ता गराउनु हुनेहरुमा गत चुनावमा नेपाली कांग्रेस पार्टीबाट विजय प्राप्त गरि एक कार्यकालको अनुभव बटुलेकाहरु छन । स्वतन्त्र उम्मेदवारीमा वडाध्यक्षको लागि सुर्य राई, जनजाति वडा सदस्यमा बल बहादुर तामाङ, महिला खुला वडा सदस्यमा विमला तामाङ, पुरुष खुला वडा सदस्यमा भीम बहादुर बराल र महिला दलित वडा सदस्यमा मनकुमारी विश्वकर्माले मनोनयन दर्ता गराएका हुन ।