झापा, बुद्वशान्ती । देशव्यापी रुपमा स्थानीय तह निर्वाचनले तातेको महोलमा बुद्वशान्ती गापा वार्ड नं. ७ सुनमाईमा उपल्लो पार्टीको सदस्य परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । माओवादीमा प्रवेश गर्ने कोहि स्वतन्त्र, कोहि नेकपा एमालेको सक्रिय पार्टी सदस्य परित्याग गरि आएका हुन । यसरी अन्य पार्टी परित्याग गरि आउनु हुनेमा दुर्गा प्रसाद अधिकारी, डिकमाया श्रेष्ठ, पुष्पा श्रेष्ठ र अमर लिम्बु रहनु भएको छ ।

यसरी माओवादी पार्टीमा प्रवेश गर्नु हुने डिकमाया श्रेष्ठ भन्नू हुन्छ, मलाई पार्टीले भन्दा व्यक्तिको प्रभावले यस पार्टीमा आउनु मन लागेको हो । मैले अहिलेको पुर्व वडाध्यक्षको विकल्पमा अरु कोहि नदेखेको, हाम्रो वडालाई सुनौलो भविष्य उहाँ बाहेक अरु कसैले कोर्न सक्दैन? साँच्चै भन्ने होभने उहाँको विकल्पमा, उहाँसँग टक्कर गर्न सक्ने सक्षम उम्मेदवार अहिलेसम्म यस वडामा मैले देखेको छैन । त्यसैले उहाँ जुन पार्टीमा हुनुहुन्छ, हामी पनि त्यही पार्टीमा आबद्ध भएको हौ ।

यसै गरि एमाले पार्टीबाट परित्याग गरि आउने दुर्गा प्रसाद अधिकारी भन्नूहुन्छ, राजनीति एक अवसर सृजना गर्ने माध्यम मात्रै हो । मलाई अवसर सृजना गर्नु छैन, मलाई पदमोह छैन? मैले मेरो आधिकांश जीवन एमाले पार्टीमा समर्पित गरे । अब मेरो यी आँखाले आफ्नो ठाउँ विकास भएको हेर्नुछ । त्यो सम्भावना मैले माओवादी केन्द्रको उम्मेदवारबाट देखेँ, त्यही भएर छातीमाथी ढुङ्गा राखेर पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेँ ।

सुनमाई वडा पार्टी कार्यालयमा आयोजित अनौपचारिक छलफलमा बुद्वशान्ती गाउँपालिका वार्ड न. ७ का माओवादी केन्द्रका पार्टी ईन्चार्ज प्रेम गड्तौला, अध्यक्ष नवराज गड्तौला लगायतका स्थानीय नेताहरुले सम्मान सहित अबिर र दोसोल्ला ओढाई स्वागत गरि प्रवेश गराएका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!