बुद्वशान्ती, झापा । वि.स. २०४० साल भदौ १० गते पिता नर बहादुर र माता दिलमायाको ६ भाइ छोरा र एक बैनी छोरी मध्येको कान्छो सुपुत्रको रुपमा सिरिजङ्गा गाउँपालिका वार्ड नम्बर ४ कुचिनटार, ताप्लेजुङमा जन्मिनु भएको दिपेश थेबे हाल बुद्वशान्ती गाउँपालिका वार्ड नम्बर ४, बर्ने झापामा २०७० सालमा बसाइँसराइ आई यसै क्षेत्रलाई कर्मथलो बनाउदै, विभिन्न संघ संस्थामा रहि सामाजिक कार्य गर्दै आउनु भएको साथै थेबे नेपाली कांग्रेस पार्टीमा आस्था राख्दै सोही पार्टीको भातृ संगठन आदिवासी जनजाति संघको जिल्ला सदस्यको भुमिका निर्वाह गर्दै सामाजिक काम गरि रहनु भएको छ ।

हिजो बाल्यकाल अवस्थादेखि इमान्दारी, सलिन स्वभावको व्यक्तित्व बोक्नु भएको थेबे समाजिक काम गर्न भने मरिहत्ते गर्नु हुन्छ । उहाँ यस क्षेत्रमा २०७० सालमा बसाइँसराइ आएदेखि यसै क्षेत्रका सामुदायिक वनमा उपाध्यक्ष, यसै क्षेत्रका क्लबको सचीव र श्री जोगिडाँडा चतुरेवर खानेपानी उपभोक्ता समितिको संस्थापक अध्यक्षको जिम्मेवारी समाली रहनु भएको छ ।

उहाँ सम्झिनु हुन्छ । २०७२ साल चैत ५ गते योजना तयार गरिएको श्री जोगिडाँडा चतुरेवर खानेपानी उपभोक्ता समितिको माइनेटिङ्ग देखाउदै भन्नू हुन्छ, मेरो व्यक्तिगत पहलमा झापा जिल्ला सभापति देउकुमार थेबेको सिफारिसमा यसै क्षेत्रका स्थानीय अग्रज साथीहरु तुलाराम लामा, गंगाराम न्यौपाने, विपिन पौड्याल लगायतका बिशेष सहयोगमा २ करोड ४० लाखको योजना ल्याउन सफल भयौ । आज अनुमानित १ करोडको काम सम्पन्न भइ सक्यो । अब यस खानेपानी समितिलाई थप व्यवस्थित गर्नलाई एउटा अफिस र १ लाख लिटरको ट्यांकी बनाउन बाकी रहेको छ । यो काम पनि चुनावी आचारसंहिताले कुनै असर नगरेमा तत्काल नै पूरा गर्ने जानकारी गराउनु हुन्छ ।

श्री जोगिडाँडा चतुरेवर खानेपानी उपभोक्ता समितिको योजना ल्याउदा खिच्नु भएको प्रतिबिम्ब देखाउदै, “यस क्षेत्रमा दीर्घकालीन रुपमा खानेपानीको समस्यालाई हल गर्नुको निमित्त अब गरिने कामकार्यको योजनाहरु, हाम्रो यस मिडियाको प्रतिनिधिलाई सुनाउदै जानकारी गराउनु हुन्छ”, अब मेरो अन्तिम प्रयास भनेको र हामीले १ बर्ष भित्रमा काम गरिसक्ने गन्तव्य बनाएर अघि बढ्ने भनेको डिप बोरिङ, लिफ्टिङ, फिल्टरिङ गर्दै उपभोक्तालाई खानेपानीको समस्याबाट दीर्घकालीन रुपमा मुक्त गराउनु हो । खोलालाई मुहान बनाएर ल्याएको खानेपानीले बर्खामा समस्या निम्ताउने हुँदा यसैको विकल्प यो काम गर्ने गरि योजना तयार गरिएको छ । यस योजना सफल बनाउन करिब १ करोड खर्च हुनेछ । यस योजनाको लागी पनि सम्बन्धित निकायले बजेट वियोजन गरि सकेको छ ।

यो खानेपानी समितिलाई व्यवस्थापन गर्दा यसलाई दीर्घकालीन रुपमा जिवित राख्नको निमित्त आर्थिक संकलन त गर्नु पर्ने हुन्छ? यो हाम्रो सवालमा थेबे जि भन्नू हुन्छ । हामीले संस्थापक सदस्यहरुको निम्ति ११००० टि-शुल्क राखेको छौ । नयाँ उपभोक्ताको निम्ति विधान र समितिको छलफल अनुरुप तयार गरिनेछ । अहिलेसम्म यस खानेपानीको २०० घरले सदस्य बनी सक्नु भएको छ । हाम्रो उद्देश्य भनेको बुद्वशान्ती ४ र ७ का सम्पुर्ण जनताहरुको निमित्त यो सुविधा वितरण गर्ने हो, त्यही अनुरु योजना तयार बनाएको छौ ।

यो त महाङ्गो भएन र? भन्ने सवालमा थेबे जि जवाफ दिनु हुन्छ । तपाईं अहिले अरु खानेपानीहरुको सदस्य दर्ता शुल्क बुझ्नु होस्? उहाँहरुको र हाम्रोमा आकाशपातलको फरक छ । हाम्रो खानेपानी समितिको एउटै उद्देश्य हो, सम्पूर्ण उपभोक्ताहरुलाई आर्थिक मारमा नपरी शुद्व, फिल्टर गरिएको पानी वितरण गर्नु हो । तसर्थ आर्थिक सवालको कुरामा कोहि कसै उपभोक्ताहरुले प्रश्न उठाउनु हुनेछैनभन्ने कुरामा विश्वस्त रहेको कुरा गर्नुहुन्छ ।

श्री जोगिडाँडा चतुरेवर खानेपानी उपभोक्ता समितिको माइनेटिङ्ग फाइल पल्टाउदै थेबे जि भन्नू हुन्छ, यदि नेपाल सरकारको माननीय खानेपानी मन्त्री उमाकान्त चौधरी, प्रदेश खानेपानी प्रमुख तथा योजनाकार चोक धिताल, नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति देउकुमार थेबे, खानेपानी झापा जिल्ला डि शयन कुमार श्रेष्ठ, यस क्षेत्रका उपभोक्ताहरु र मरिहत्ते गरेर खट्नु हुने कार्यसमितिका साथीहरु नभएको सयाद यो योजना सफल हुने थिएन होला? उहाँहरु सम्पुर्णलाई बिशेष धन्यवाद प्रदान गर्दै सम्झिन चहान्छु । उहाँ मुसुक्क मुस्कुराउदै कुरा जोड्नु हुन्छ, यदि यसरी नै यस क्षेत्रका जनताहरुले विश्वास र माया प्रदान गरि अवसर प्रदान गरे, ज्यानको बाजीमा राख्दै समाजिक काम गर्न म तम्तयार छु ।

नोट: झापा बुलेटिनको प्रतिनिधिसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!