झापा । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिका बुधबारेमा भएकाे बिस्तारित भेलामा सरोज घिमिरेको सभापतित्वमा, माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष बिजय सम्पाङ राईको प्रमुख आतिथ्यतामा संचालनको गरेको कार्यक्रमद्वारा स्थानीय चुनावलाई अन्य पार्टीको भन्दा नवीन उपायद्वारा प्रभावकारी बनाउनको निमित्त कमरेड प्रेम ल्वागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ ।
यस भेलाले पार्टीलाई थप मजबुत बनाउन कमरेड बिनाेद नेम्बाङकाे संयोजकत्वमा २० सदस्यीय एसटीएफ कमिटी पनि निर्माण गरेकाे छभने सराेज घिमिरेकाे संयोजकत्वमा १० सदस्यीय साईवर युनिट गठन भएकाे छ । यसैगरि आयुषा लामिछाने संयोजकत्वमा महिला विभाग गठन भएकाे माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बोधराज दहालले जानकारी गराउनु भयो । कार्यक्रममा मन्तव्य दिने क्रममा बुद्वशान्ती गाउँपालिकाका वाईसिएल अध्यक्ष दाबी गर्दै भन्नुहुन्छ, नेतृत्वले दिएको जिम्मेवारी पुर्ण रुपमा पालना गरियोभने सम्पुर्ण पालिकाभरी जित सुनिश्चित छ । तसर्थ हामी सबैले नेतृत्वले दिएको निर्देशन एक अध्यनरत विद्यार्थीले जस्तै इमानदारीपूर्वक पालना गर्दै आफ्नो भागमा परेको जिम्मेवारी सफलता पुर्वक सप्पन्न गरौँ ।
बिस्तारित भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बोधराज दाहाल, खड्क बहादुर तिमिल्सिना, माओवादी पार्टी बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर नेम्बाङ्ग, वाईसीएल नेपालका केन्द्रिय सदस्य कुमार आचार्य, जिल्ला संयोजक दधिराम रिमाल र वाईसीएल नेपालका जिल्ला कमिटी सदस्य बिनोद नेम्बाङ्ग र आयुसा लामिछानेको लगायत धेरैको उपस्थिति रहेकाे थियो ।