✍️ रजिन ढुङ्गेल/झापा

काठमाडौ । पछिल्लो समय कमेडी च्याम्पियनका मणीको रूपमा चर्चा पाइरहेका ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् । उनले शनिबार राति प्रसारण भएको शृङ्खलामा पूर्व युवराज पारसको भूमिकामा बाधिएर उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । तर भरमणीको यो मात्र उत्कृष्ट प्रस्तुति भने होइन उनले कमेडी च्याम्पियन सिजन २ को सुरूवाती चरणबाटै उनले फरक फरक प्रतिष्ठित व्यक्तित्वहरूको हुबहू आवाज निकालेर होस् या वर्तमान परिस्थितिलाइ कमेडीमा ढालेर उत्कृष्ट प्रस्तुति दिदै आएका थिए । गाइजात्रा होस् या अन्य चलेका टेलिश्रृङ्खलामा देखिदै आएका भरतमणी पौडेलले गत साताको श्रृङ्खलामा आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका थिए ।

एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चाको शिखरमा चुमिएका भरतमणी पौडेल अहिले भोटको अपिल गर्दै आफ्नो गृह जिल्ला भ्रमणमा छन् । उनको प्रतिभालाइ साना देखि ठुला प्रतिष्ठित व्यक्तिहरूले सम्म मन पराएपछि उनी आफुमा निकै हर्षित देखिन्छन् त्यसो त एमालेका नेता योगेस भट्टराइ ले आफ्नो फेसबुक वालमै राखेर भरतमणीको लागि खुलेर भोट अपिल सम्म गरेका थिए भने धेरैले उनको तारिफ समेत गरेका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो । जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । भरतमणीको हप्तैपछिको उत्कृष्ट प्रस्तुतिले भरतमणीलाई मात्र हैन कमेडी च्याम्पियनलाइ समेत विश्वभरी चिनाउन सफल भएको देख्न सकिन्छ । खासगरी उनले घरबेटीको प्रसंगमा आफुले बेजोड प्रस्तुत दिएपछि उनलाई धेरै दर्शकले निकै मन पराएका छन् भने कमेडी च्याम्पियनका जर्जहरूले समेत खुलेर प्रसंसा गरेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!