पढ्ने लाग्ने समय ७ मिनेट

✍️ सुमन लेप्चा वाङ्चु

हामी जब सन्तान प्राप्तिको उत्साह मनाउछौ तब देखि आफुमा थप जिम्मेवारी थपिएको महसुस गर्छौ । आफ्नो सपनाहरूलाई त्यागेर आफ्नो सन्तानको लागि सोच्न थाल्छौ । स्तरिय, महङ्गो, नाम चलेको, अंग्रेजी फररर बोल्ने सिकाउने, त्यस्तो विद्यालयमा आफ्नो सन्तानलाई अध्ययन गराउन पाउँदा आफ्नो नानीहरुको भविष्य उज्वल भएको सम्झिन्छौ । हामी यो पनि सोच्छौ कि आफ्नो बच्चाले राम्रो नम्बर लिएर हरेक कक्षामा प्रथम गरोस । भोलीको दिनमा उच्च शिक्षा हासिल गरेपछि लोक सेवा आयोग पास गरेर आकर्षक तलब आउने सरकारी जागिर पायोस, जुन जागिरबाट आएको तलबले आफ्नो आर्थिक हैसियत मजबुत बनाउदै आफ्नो सुनौलो भविष्य बनायोस तर हामीले यो सोच्दैनौ कि आफ्नो नानीहरुको लागि अहिले देखि त्यो बेलासम्मको गन्तव्य तयार बनाई सक्दा आफ्नो नानीहरुलाई त्यहाँ सम्म पुग्नको लागि के कस्तो तयारी गर्नु पर्छ । आफ्नो नानीहरुलाई विद्यालय पठाएर राम्रो अंक ल्याई दियोभने दिलखुस, पुग्यो । हामीलाई अरु कुराको चासो नै हुदैन, हामी सम्पुर्ण अभिभावकहरु यहि कुरामा सिमित छौ । यहि कुरा सोचेर अघि बढ्छौ । एक अबोध बालबालिकालाई लक्ष्यमा पुराउनको निमित्त अभिभावकको जिम्मेवारी त्यतिकै हुन्छ भन्ने कुरा हामी भुल्ने गर्छौ । जुन शिक्षा विद्यालयमा पढ्न या प्रयोग गर्न पाउदैन, त्यस्तो शिक्षा एक असल अभिभावकले आफ्नो कर्तव्य, आफ्नो दायित्व मान्दै आफ्नो सन्तानलाई हस्तान्तरण गरि रहेको हुन्छ । त्यसै विद्वानहरुले भन्दैनन, आफ्नो सन्तानको पहिलो शिक्षक भनेको आफ्नै अभिभावक हुन् ।

मैले १० बर्ष देखि लगातार कसरी एक असल अभिभावक बन्न सकिन्छभन्ने बिषयमा खोजतलास गरि रहेको छु । यो अन्तरालमा यस सम्बन्धि देश-विदेशबाट प्रकाशित भएको धेरै पाठ्यसामग्री अध्ययन गरे । छिमेकी, साथीभाईहरुकोमा प्रत्यक्ष अनुसन्धान गर्ने प्रयास गरेँ । हिजो मैले पनि बाल्यकाल बिताएर आएको हुँ, मेरो अभिभावकबाट मलाई असल मान्छे बनाउन के कस्तो प्रयास गरेँ? म आफै पनि एक अभिभावक भएकोले गर्दा मैले मेरो सन्तानको लागि के के गर्नुपर्छ भन्ने सोधखोज, अनुसन्धान र अनुमानबाट यो लेख तयारी गरेको छु । जसको प्रयोगबाट एक असल अभिभावक बन्नु र एक असल सन्तान बनाउनुमा तपाईं हामीमा सहयोग पुग्नेछभन्ने कुरामा पुर्ण भरोसा लिएको छु ।

१) आत्म नियन्त्रण गर्न सिकाउने
विद्यालयमा आफ्नो सन्तानले जब भौतिक सजाय (अङभङ्ग नहुने, मानसिक डर पैदा गराउने गरि) पाउछ तर हामी आफ्नो सन्तानको पक्ष लिएर विद्यालय प्रशासनमा गएर झगडा गर्न थाल्छौ, मेरो सन्तान किन कुटिए? त्योबेला हामी आधुनिक शिक्षाको बिषयमा वकालत गर्न थाल्छौ । बालहिंसा भयोभनेर खुलेर मानवअधिकारकर्मीहरु लगाएर आन्दोलन गर्न थाल्छौ । म पनि मान्छु आफ्नो सन्तानलाई कसैबाट कुटिदा नराम्रो लाग्छ (मैले यो भनीरहदा सजायको नाममा अङ्गभङ्ग हुने गरि भौतिक सजाय दिन्छभने त्यहाँ खुलेर विरोध गर्नु पर्छ) तर हामी कहिले बुझ्ने चेष्टा गर्दैनौं? डर भनेको एउटा आत्म नियन्त्रण गर्ने सरल सुत्र हो । यो डरबाट हाम्रो सन्तानको अबोध मस्तिष्कले राम्रो-नराम्रो कार्य कस्तोलाई भन्छभन्ने अप्रत्यक्ष रुपमा पहिचान गरि रहेको हुन्छ । यो एक उदाहरण मात्रै हो । मैले यो घटना किन जोड्न चाहेभने आफ्नो सन्तानले आत्म नियन्त्रण गर्न सिक्ने शिक्षा पाउने प्रमुख थलो विद्यालय हो ।

आफ्नो सन्तानलाई आत्म नियन्त्रण गर्न सिकाउने धेरै तरिकाहरु छन, ती मध्ये केही तरिकाहरु यस प्रकार छन;
– आफ्नो सन्तानले मागेको हरेक कुराहरु पूरा गरि दिनु हुदैन । हामीले आफ्नो सन्तानको हरेक मागलाई सम्बोधन गरि दियौभने आत्म नियन्त्रण गर्ने क्षमता टुट्नेछ भोलिको दिनमा आफ्नो हैसियतले नभ्याउने डिमाण्ड गर्न पुग्छन ।
– आफ्नो सन्तानले घरमा केही बिगार गर्छ, हामी तुरुन्तै गाली गर्दै प्याट्टपुट हिर्काउछौ अनि छोडी दिन्छौ । यसो गर्नले उनीहरुलाई झन अर्को काम बिगार्ने प्रेरणा मिल्नेछ । तसर्थ हामीले योजनाअनुरुप कुनै शारीरिक पर्छ । जसको प्रयोगबाट शारीरिक तथा मानसिक पीडा होस तर असर नगरोस, मानसिक रुपमा छाप बसोस कि यो काम गलत होभन्ने । शारीरिक पीडा क्षणिक हुन्छ, मानसिक पीडा सदावंहार रहन्छ, राम्रो या नराम्रो काम छुट्टाउन संदैव सक्षम रहन्छ । जस्तै: शरिरले गर्न सक्नेसम्म कान समाएर उठबस गर्न लगाउने ।
– आफ्नो सन्तानले गरेको फटाही काममा कहिले साथ दिएर बचाउने कार्य गर्नु हुदैन । उसले गरेको नराम्रो काममा साथ दियौभने आफुले जस्तै कार्य गर्दा पनि आफ्नो रक्षा अभिभावकले गर्ने रहेछभन्ने सोचेर प्रेरित हुँदै भोलिको दिनमा थप फटाही गर्न पुग्छ । जस कारणले आत्म नियन्त्रण गर्न सक्दैन । किनभने ती सन्तानले डर गुमाई सकेको हुनेछ । तसर्थ सजाय भोग्न दिनु पर्छ, ताकी डर पैदा भएर आत्म नियन्त्रण गर्ने शिक्षा लियोस ।
– धनाढ्य अभिभावकले आफ्नो सम्पत्ति विवरणको बारेमा कहिले जानकार दिनु हुदैन । यदि जानकार दिएर माथी प्रस्तुत गरे जस्तै गतिविधि गर्नु भयोभने ती बालबालिकामा अहंकार पैदा हुन्छ । हरेक कुरामा आत्म नियन्त्रण गुमाउनेछ । अन्तिममा आफ्नो सन्तानले तपाईलाई जिउदै मरेतुल्य बनाउनेछ ।
– सधै बिहान या बेलुका शारीरिक व्यायाम, योगा संगै बसेर गर्नु गराउनु पर्छ । त्योबेला थोरै समय लिएर जहिले पनि आफ्नो सन्तानलाई आत्म नियन्त्रण गर्नु सक्दा हुने (कलोकल्पित घटनाहरु बनाएर) फाइदा सुनाई रहनु पर्छ ।
– धेरै छन लेख्दा पुस्तक बन्ला यो लेखमा मैले यतिमै सिमित गरेँ ।

२) समाजसेवा गर्न सिकाउने
बालबालिकाहरु जतिखेर पनि केही नयाँ कार्य गर्न या सिक्न खोजी रहेको हुन्छ । तर ती कार्यहरु राम्रो हो कि नराम्रो हो ज्ञान हुदैन । त्यो बेला हामीले सन्तानहरुबाट भएको ती कार्यहरुको पहिचान गरि दिनु पर्छ । (जस्तै; आफ्नो नानीले फटाही या चकचक गर्दैछभने सजायको डर देखाएर नराम्रो कार्य गर्दैछु भन्ने ज्ञानको पहिचान गरि दिनु पर्छ । राम्रो कार्य गर्दैछभने सकारात्मक प्रसंसा गर्दै उपहार स्वरुप केही खरिद गरेर प्रदान गरि दिनु पर्छ) यो कार्यहरु विशेष ती सन्तानको पिताले भन्दा आमाबाट मात्रै सम्भव हुनेछ । किन कि आमा नै हुन दयामायाको भण्डार बोकेर बस्ने । प्रत्येक नानीहरुले आमाद्वारा नै प्रेरणा पाएर समाजसेवा गर्न सिकि रहेको हुन्छ । तर कसरी सिकि रहेको हुन्छभन्ने कुराको जानकारी कतिपय आमाहरुलाई हुदैन, जानकार हुनेहरुले ख्याल गर्दैन । हामी अभिभावकहरुले आफ्नो सन्तानहरुले आफुभन्दा ठुलोलाई आदर गरेर नमस्कार गरिदियोस, आफुभन्दा सानोलाई माया गरिदियोस, आफूभन्दा ठुलोले भनेको कुराहरु आज्ञाकारी भएर मानी दियोस, आफुलाई घरायसी काम देखि भान्सामा काम सघाई दियोस, छरछिमेकमा केही समस्या पर्‍योभने आफ्नो सन्तानहरुले उपस्थिति भएर भौतिक सहयोग गरिदियोस लगायत सोचेर त्यही अनुरुप निर्देशन गरि काम गर्न लगाई रहेको हुन्छौ । यस्तै गतिविधिबाट आफ्नो सन्तानमा अप्रत्यक्ष रुपमा व्यवहारिक रुपमा सहयोगी भावनाहरु विस्तार भई रहेको हुन्छ । यसरी मानवीय चिन्तनहरुको विकास हुने हुँदा एक असल व्यक्तित्व बन्ने निश्चित छ । तसर्थ यदि आफ्नो सन्तानलाई एक असल समाजिक मान्छे बनाउने होभने हरेक कुरामा दयामाया प्रदर्शन गर्नु हुदैन । आफ्नो सन्तानको उज्ज्वल भविष्यको निमित्त कतिपय कुराहरुमा निडर बन्नु पर्ने हुन्छ ।

३) बचत गर्न सिकाउने
आफ्नो सन्तानको उज्ज्वल भविष्य निर्माण गर्न चाहने अभिभावकहरुले आफ्नो सन्तानलाई सिकाउनु पर्ने मुख्य शिक्षा नै यहि हो । विद्यालयमा हरेक कुराहरुको शिक्षा दिन्छ तर कसरी पैसा कमाउने र कसरी बचत गर्ने भन्ने व्यवहारिक शिक्षा कहिले सिकाउदैन? त्यो परम्परागत शिक्षा प्रणालीमा त्यस्तो पाठ्यसामग्री नै हुदैन । यो शिक्षा आफ्नो सन्तानले आफ्नो अभिभावकबाट मात्रै सिक्न सक्छ या सिकाउनु पर्छ । यसो गर्नले आफ्नो सन्तानले भविष्यमा आफुले रोजगारीबाट आर्जन गरेको पैसाहरु बचत गर्दै सहि ढङ्गले उपयोग गर्नेछ । त्यसो गर्दा अरुमा निर्भर रहनु पर्दैन? आपतकालीन रूपमा आएका समस्याहरुलाई सहजै व्यवस्थापन गर्नु सक्छ । बचत गर्दा हुने फाइदा र बचत नगर्दा पाइने समस्याको बारेमा जानकारी गराई रहनु पर्छ तसर्थ सक्नु हुन्छभने आफ्नो सन्तानले मिठाई खाने पैसा माग्दाखेरी बरु कुनै सक्ने एक काम गर्नु लगाएर अनि काम सम्पन्न गरेपछि पैसा दिदै त्योबेला पैसा र बचतको महत्त्व बोकेका बालकथाहरु अबोध दिमागमा व्यवहारिक रुपमा प्रभाव पर्ने गरि सुनाउनु होस “एउटा मिठाई प्राप्त गर्नको लागि तिमीले यति धेरै मेहनत गरेर काम गर्नु पर्‍योभने तिमीले यो लामो जिन्दगी बिताउनको लागि कति धेरै काम गर्नु पर्ला?

४) लगानी गर्न सिकाउने
आफ्नो सानासाना बच्चाहरुको आम्दानीको स्रोत भनेको परिवार, साथीभाई, विवाह, बर्थडे, दशैमा टिका लगाएर, देउसी खेलेर पाएको पैसा न हो । ती पैसा आफ्नो सन्तानले पाएपछि आधाजसो गुलियो-अमिलो मिठाईमा खर्च गर्छ बाकी रहेको पैसा राख्नको लागि अभिभावकलाई दिन्छ । हामी अभिभावक आफ्नो सन्तानले यसरी खर्च गर्दा वास्तै गर्दैनौ… जब कि हामी हाम्रो नानीहरु उद्यमी बनाउनबाट चुकी रहेको हुन्छौ । हामीले यो सोच्नु पर्छ कि सुरुवातमा एक धनाढ्य सफल व्यवसायीले व्यापार व्यवसाय गर्न उसले आफ्नो घरमा गरिने घर व्यवहारबाट सिकेका हुन्छ । तसर्थ हाम्रो नानीहरुलाई उद्यमी बन्न प्रेरित गर्न हाम्रै वरिपरि, छिमेकी भएको घटना सुनाएर गर्न सकिन्छ । हाम्रो आँखा अगाडी दशैमा टीका लगाएर पाएको पैसाले कुखुराको चल्लोबाट बाख्रा हुँदै गाई खरिद गरेर ती सानो बालकले गाईको दूध बेच्दै घरायसी समान देखि लिएर आफुलाई अध्ययन गर्दा चाहिने सामाग्रीहरु खरिद गरेको सत्य कहानीहरु प्रशस्तै छ । यदि तपाईहरु आफ्नो सन्तानहरुलाई उनीहरुले आर्जन गरेको पैसाबाट प्रत्यक्ष ती नानीको निगरानीमा आम्दानी हुने ठाउँमा लगानी गरि दिनु होस । जुन कार्यबाट थोरै लगानीमा घरमै बसेर परिश्रम गर्दा लगानी बचाएर मुनाफाबाट आफ्नो पकेट खर्च बनाउन सकिन्छ भन्ने सत्य कुराको अवगत गराउने गतिविधि गर्नुहोस । यस कार्यबाट आफ्नो सन्तानको उज्ज्वल भविष्य सुनिस्चित छ साथमा तपाईं हामीले उत्पादन गरेको सन्तानहरु भोलि बुढेसकालको लौरो पनि बन्नेछ ।

माथी लेखिएको ४ नियमहरु तपाईं हामीले आफ्नो सन्तानलाई ५ बर्षको उमेर देखि १५ बर्षको उमेर सम्ममा यि शिक्षा व्यवहारिक रुपमा प्रस्तुत गरेर सिकाउन सकियोभने आफ्नो नानीहरुले एकदिन बोनसमा आफ्नो अभिभावकको नाम ईतिहासको पानामा सुनौलो अक्षरले लेखाउनेछ ।

धन्यवाद ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!