बुद्वशान्ती, झापा । संंसार नै कोरोना भाइरसले निम्ताएको मृत्युको शोकमा डुबेको छ । घरी घरी फर्किन्दै आएको यो भाइरस देखि विश्वभरको मान्छेहरु डरले आफ्नो दैनिकी कार्यलाई थाती राखेर घरमै थुनिएर बसिरहेको अवस्थामा बुद्वशान्ती गाउँपालिका केही युवाहरु मिलेर राज्यलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको निमित्त “बुद्वशान्ती स्वतन्त्र युवा समूह” खडा गर्दै अभियान संचालन गरि रहेको छ ।
कोरोना भाइरस विरुद्ध बुद्वशान्ती गाउँपालिका भर सचेतना कार्यक्रम संचालन गरेर निशुल्क माक्स वितरण गरि सकेको जानकारी गराउदै यो समुहको सदस्य सन्देश अर्याल भन्नू हुन्छ, एकदमै न्यून आयस्रोत भएको जसले यो लकडाउनको नियम पालना गर्दा भोकै बस्नु पर्ने अवस्था आउने त्यस्तो परिवारलाई पहिचान गरेर हामीले बुद्वशान्ती गाउँपालिकाभरको १६ परिवारलाई चामल, दाल, तेल लगायत खाद्य सामाग्री वितरण गरेको छौ ।
हामीले यस अघि पनि आर्थिक अवस्था अति न्यून रहेका कोरोना संक्रमित २ परिवारलाई यसरी नै राहत उपलब्ध गराई सकेको, हाम्रो समुहद्वारा यो अभियान चरणबद्ध रुपमा लकडाउनभर संचालन गर्ने युवा अभियान्ता
राजेश उराउले जानकारी दिनु भयो ।
आफ्नो देश शोक र भोकले डुबेको अवस्थामा यसरी थोरै भएपनि आफ्नो क्षेत्रको लागि काम गर्न पाउँदा धेरै नै आनन्द मिलेको साथै दोस्रो चरणको कोराना संक्रमणबाट संक्रमित भई दुई महिनासम्म मैले भोग्नुपरेको पिडाले, त्यस्ता पिडाबाट आफ्नो क्षेत्र र समुदायलाई सकेसम्म जोगाउन आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गरौँ भन्ने मलाई प्रेरणा मिल्यो । त्यसैअनुरूप केही साता अगाडि स्वतन्त्र युवा समुह बुद्धशान्ति नामाकरण गरि केही युवा साथीहरूसँगको सहकार्यमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने, युवा साथीहरूलाई यो महामारी बिरुद्ध एकजुट हुन प्रेरित गर्ने साथै स्थानीय तहलाई सक्रिय रूपमा लागिपर्न आग्रह, खबरदारी र सहयोग गर्ने उदेश्यका साथ हामीले यो अभियानको सुरवात गर्यौं । यो कठिन परिस्थितिमा पनि सरकार र स्थानीय तहले भनेअनुसारका स्वास्थ्य मापदण्डहरूको पालना गर्दै हामी अर्कोसँग हातेमालो गर्दै साथ र सहयोग जुटाउदै कोरोना रोकथाम र नियन्त्रणमा लागि परेका पनि छौँ भन्ने कुरा यस समुहको संयोजक कृष्ण ढकालले अवगत गराउनु भयो ।
पछिल्लो समय साहित्यिक क्षेत्रमा कलम समाएका यस समुहको सदस्य स्नेह पौडेल भन्नू हुन्छ, यो अवसर जुटाउनु हुने, हामीसग सहकार्य गरेर स्रोत प्रदान गर्नु हुने “लिला राई फाउन्डेसन” लाई धन्यवाद साथै यस कार्यमा प्रत्यक्ष जोडिने हुने दाताहरु, कोरोना भाइरसको प्रवाह नगरी फिल्डमा खटिएर काम गर्ने सम्पुर्ण मित्रहरुलाई धन्यवाद प्रदान गर्दै हाम्रो अभियानलाई जसले जस्तै सोचे पनि कति पनि विचलित नभई यो लकडाउनभर यस कार्यमा सहकार्य गर्न आग्रह गर्नु भयो ।