✍️ राजा माबो
झापा । उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नं. ०८ दुधखोला निवासी ६५ बर्षीय हरिप्रसाद राङाहाङ राई अहिले घरमै बसेर आयुर्वेदिक औषधि सेवन गरिरहेका छन् । विगत ६ महिनाबाट घाँटीमा क्यान्सर भई पिडित राईलाई भरतपुर क्यान्सर अस्पतालमा करिब ४ महिना उपचारका निम्ति राखिएको थियो । उपचारमा राईलाई केही सुधार नआएको र निजको आर्थिक अवस्था समेत कमजोर भएकोले हाल घरमै फर्काएर आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्ने कुरा पारिवारिक श्रोतले जनाएको छ ।
बिमारी राईलाई आयुर्वेदिक उपचारको निम्ति पनि औषधिहरु महंगो पर्न जाने भएकाले किनेर औषधि प्रयोग गर्न समेत धौधौ परेको हुदा क्यान्सर पीडित हरिप्रसादको परिवार र “राङाहाङ पाछा बृहत समुह” ले सहयोगी हात र ईश्वररुपी मनहरुप्रति आआफ्नो ईच्छाले सहयोगको समेत अपिल गरेका छन् ।
सम्पर्क:-9841995001, 9815795444 – राजेश राई (बिमारीको आफ्नै भतिज)
खाता नं.- 6807010001274 (राजेश राई – ग्लोबल बैंक)
https://www.facebook.com/619781895056847/posts/1357588974609465/