✍️ जानु काम्बंग लिङ्ग्देन (अक्सफोर्ड युके)
आखिर ! तिम्रो मृत्युले के पायो ?
देश उही खण्डबर छ
तहस नहस छ
कायरका हातबाट मृत्युबरण
हुनेबेला तिमीले
गगनभेदी आवाज गुञ्जाउदै
चिच्याएका थियौ l
हान छातीमा गोलि
म मरेर मेरो देश बन्छ भने
म मर्न तयार छु
म फाँसी चढ्न तयार छु
तयारी छु छातीभरि गोलि थाप्न
तर, आज तिम्रो
बिर्तापूर्ण मृत्युले के पायो
देश त जस्ताको तस्तै छ
खोई तिम्रो मृत्युको मूल्य ?
आखिर के पायौ सहिद भएर ?
गरिब झनै गरिबीमा छन्
धनीहरू झनै धनी
तिम्रो मृत्युपछि मुलुकले
थेग्नै नसक्नेगरि महगी थेगेको छ
मृत्युको मूल्य घटेको छ
मुलुक र जनता दुखि छन् l
पलपल कुर्सिको लडाईमा नेताहरू व्यस्त छन्
कसैलाई छैन देश र आमाको चिन्ता
नदि नाला तर्सिएर घर-घर पस्न थालेका छन्
कतै घर कतै बुढा बा…बस्तुभाउ
त कतै सुत्केरी आमा
काखी च्यापेर बत्चा संगै बग्दैछन् l
मासिंदै छन् बनजंगल
लोप हुँदैछन् डाफे, मुनाल
नाच्दैनन् मयुर, गाउँदैनन् गीत न्याउलीहरू अचेल
भन्न छाडे चरीहरूले काफल पाक्यो
लाईदैंन बेठी रोपाईमा
गाईदैन गित असारको
खेत बारी बाझै छाडी सिंगो गाउँ
शहर पस्दैछन्
के यस्तै थियो तिम्रो मृत्युको माग ?
आखिर के पायौ सहिद भएर ?
भोलिको योजनामा आज गुमाउदैछन्
मान्छे हराउन थालेकाछन्
आफनै बलेशिमा …
दंद्दै दंद्द छ यहाँ ,संसार ईगो र घमण्डको
रापमा जलिरहेछ दन्दनी
के यस्तै हो तिम्रो मृत्युको माग ?
आखिर के पायौ सहिद भएर ?