✍️ राजा माबो
काठमाडौं । स्नेहा आश्रममा मोडल तथा गायिका नुमा राई, गायिका निरु निर्मला चौहान, व्यावसायी तथा समाजसेवी बुद्धीराम प्रजापतिले खाद्यानका सामाग्री साथै फलफुल उपलब्ध गराएर सहयोग गरेका छन् ।
बिगत देखि समाजसेवामा सक्रिय रहदै आएका तिनै जना सहयोगदाताहरुले जोरपाटिको मुलपानी, काठमाण्डौ स्थित स्नेहा आश्रममा रहेका १४ जना बालबालिकाहरुको निम्ति चामल, दाल, तेल लगायतका खाद्यान सामाग्री साथै फलफुलहरु उपलब्ध गराएर सहयोग गरेका हुन् ।
दशैको टीका अघि सहयोग गर्ने योजना बनाएता पनि विविध कारणले दुई/चार दिन ढिला हुन पुगेको सहयोगदाता मोडल तथा गायिका नुमा राईले सुनाए । आउदो दिनमा समेत सकेको सरसहयोग गर्ने, अरुलाई पनि साथ सहयोग गर्न अनुरोध गर्दै अर्का सहयोगदाता गायिका निरु निर्मला चौहानले आग्रह गरेँ ।
आफ्नो ईच्छाले व्यक्तिगत रुपमा सहयोग गरेको र सहयोग गर्न पाउँदा अत्यन्तै खुशी भएको अर्का सहयोगदाता बुद्धीराम प्रजापतिले बताए ।
२०७२ सालको भुकम्पले गर्दा आफन्त गुमाएर आफन्त विहिन बनेका ७ जना बालक र ७ जना बालिका समेत गरि १४ जना बालबालिकाहरु रहदै आएको उक्त आश्रम २०७२ सालको भुकम्प पछि स्थापना गरिएको आश्रमका संचालक प्रमुख सुलेमान शंकर”ईकु”ले बताए । यस आश्रमको संचालक प्रमुख एक चर्चित कलाकार पनि हुन ।