✍️ नितेश साह
झापा । हल्दिबारी गाउँपालिका वडा न-५ धनुषा निवासी रीना राई बिगत केही समय देखि मृगौलासँग सम्बन्धित समस्याले ग्रसित हुनुहुन्थ्यो । गत मङ्सिर महिना देखि घुडाको दुखाईबाट ग्रसित भइ परिक्षण गराउदा क्यान्सर भएको ठहर गरेपछि उपचार प्रक्रियामा जान निजको आर्थिक अवस्था कमजोर भएको कारणले कठिनाइ हुँदा स्थानीय बासिन्दा, विभिन्न सघ-सस्था, नागरिक समाजको अगुवाइमा आर्थिक सहयोग संकलन गर्दै उपचारलाई अघि बढाउदै गर्दा, गत २०७७ श्रावण महिनामा प्रस्ताविक भइ हालसालै दर्ता हुँदै स्थापना गरिएको केहि दिनमा नै काजली युथ क्लबले निज क्यान्सर पिडित राईलाई रु ४७,७२५।- सहयोग गर्न सफल भएकोछ ।
काजली युथ क्लबका अध्यक्ष प्रेम योन्जन, सचिव सन्दिप खतिवडा, कोषाध्यक्ष निर्मला बराल, सल्लाहकार सदस्य सकलदीप शाह, बिष्णु गौतम, लखन हेमरम, नरेन्द्र ढकाल, युवा समाजसेवी मनोज कुमार शाह, रन्जीत शाह, उमेश शाह लगायतका रोहवरमा उक्त सहयोग रकम परिवारजनलाई हस्तान्तरण गरेकोछ ।
स्थापना भएको यतिका छोटो समय अवधिमा रु ४७७२५।- सहयोग गरि सामाजिक सेवामा समर्पित हुँदै हल्दिबारी गाउँपालिकामा अवस्थित क्लबमध्ये कान्छा भएर पनि सेवाभावमा अग्रस्थान ओगट्न व्यवहारिक रुपमा सुरुवात गरेको यस कार्यबाट पुष्टि गर्दैछ ।