“आफैलाई प्रश्न गर्न मन लाग्छ”
गर्व लाग्छ नेपाली हुनुमा भन्ने
यी ओठबाट
निस्कने शब्दमा
अब अाफैलाइ शंका लाग्न थालेको छ ।
आँखा बन्द गरेर
भगवान प्रती अथाह बिश्वास गर्ने म
के भगवान साच्चिकै छन् र भन्दै
आफुले आफैलाई प्रश्न गर्न थालेकी छु ।
भ्रुण हत्या अपराध हो भन्दै
आवाज उठाउने म
के साच्चिकै भ्रुण हत्या अपराध हो र भन्दै
प्रश्न उठाउन थालेकी छु ।
नेपाली हुनमा गर्व लाग्छ भन्ने म
अब कसरी भनुम हजुर
जुन देशमा सत्ताको लागि
नीच काम गर्न पछि हट्दैनन
दिनहुुँ बलात्कारका घटनाहरु बढी रहेका छन्
तर अपराधिलाई सजाय दिने
किन कुनै कानुन बन्न सकेको छैन ।
कसरी भगवान प्रति बिश्वास गरुम हजुर
जहाँ मन्दिर भित्र एक बालिका बलत्कृत हुन्छिन
खै कहाँ छन् भगवान?
केहि नराम्रो काम गर्दा
भगवानले देखिरहेका छन् भन्दै
डराउने यी मन
अब कसैको निम्ति डराउने छैन ।
भ्रुण हत्या अपराध हो भन्दै
आवाज उठाउने म
खै कसरी अपराध भनौ
जसले संसार त देखेको हुदैन
जन्मिएको नौ महिनामा बलत्कृत हुनु भन्दा त
गर्भमा नै गरिएको
उपयुक्त लाग्न थाल्यो हजुर ।