गजल
आफुलाई न गोरो न कालो मन पर्छ
दुखसुखमा साथ दिने दाईको सालो मन पर्छ
नाम सुन्दानै अनौठो मान्छन् नानीहरू नि
मानो पाथी हराई सक्यो, डालो मन पर्छ ।
सन्चो बिसन्चो के छ पीताले सधै सोधी रहन्छ
छोरा, नाति भएर बनेको घरको उज्यालो मन पर्छ।
बा-आमा वृद्ध आश्रम छोड्ने छोरा छोरीहरु भन्दा
गाईवस्तु सङ्गै चरनमा निस्केको गोठालो मन पर्छ ।
उड्नु छैन पन्छि भई खुल्ला आकाशमा
माया मोहले बेरि दिने, जालो मन पर्छ ।
कोरोना संक्रमण फैलिदो छ भिडभाड नगरौं
एक पछि अर्को जान दिने आलो-पालो मन पर्छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!