छोरा भाग:-२ (कविता)
कवि:- स्व. लुङ्माहिम काइँला
छोरा!
मैले बेसाहा बोकेर हिड्दा
देउरालीभरी तिम्रो नाममा पाती चडाएर हिँड्थें,
अाज तिम्रो पालो
माथि यामाबुङ भिरबाट
एक डुको भैरुङ्पाती चुडालेर
मेरो चिहान माथि बालिदिनु ।
सम्झिन्छु
म कति निर्दयी तिम्रो पापा भएँ
सुटुक्कै त्यो माथि
नाम्सालिङ शिरको कालो बादलुमा
तिमी लाई नभनी सुटुक्कै बस्ती बसालें
अनि चिहाइ रहेछु असिम भाकामा ।
हाय!तिम्रो भाग्य
अब जोगाउ भैरुङपाती र
अङ्कमाल गर तेहि चिसो चिहानलाई।
अानि एक मुठी माटो उठाएर सुँघ
के त्यहा तिम्रो पापाको गन्ध था पायौं ?
दलिदेउ छातीमा ती माटो
चिच्याउ ´बाब` भनेर बेस्कन
अनि तुर्क्याउ अलिकति बिडम्वनाका आँसु ।
समाउ माथा र चिच्याइ-चिच्याई रोऊ
म जस्तैः तिमी पनि रुन जन्मेको रहेछौ।
छोरा आँसु रित्तिदैन कन्जुस नगर झार्न लाई।
छोरा
मुन्धुमको मन्त्रबाट तिम्रो माङ्गेना भको छ,
जाऊ सिङ्जाङ्गो फुल भाँचेर सुँघ
युमाको अाशिर्वाद छ।
ती तिम्रो कारुण भावनामा
शान्ति जगाउ ।
चिम्ल अाँखा र
निधार अाखिरी अाँशुका एक थोपा
चुहाव मेरो चिहान माथि ।
अनि नियाल अाकाशका निलो धर्षाहरु,
म त्यही शिरको निल गगनबाट
तिमिलाई चिहाई रहेछु।