झापा । सामाजिक संजाल फेसबुकबाट संचालित गर्ल्स पावर नामको ग्रुपको आधिकारिक संचालन समितिको नेतृत्वमा वैदेशिक रोजगारमा आबद्ध महिला दिदि बहिनीहरुसँग आर्थिक सहयोगको निम्ति सहकार्य गरेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न ७ नाकपुजे, भिमखर्क, च्याङ्सारमा गत हप्ता गएको भीषण पहिरोबाट प्रभावित ठाउँमा पुगेर बिशेष महिला दिदि, बहिनीहरुलाई प्राथमिकता दिदै महिलाहरुलाई अत्ति आवश्यक जस्तै मिन्स प्याड, बालबालिकाको निम्ति प्रयोग हुने कपडा, पस्मिना, भित्री तथा बाहिरी वस्त्र(महिलाहरुको निम्ति), पेडेक्स प्याड, स्याम्पु, साबुन र माक्स लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

यस सामाग्री वितरण कार्यक्रम यसै गर्ल्स पावर टिमको काभ्रे जिल्ला संयोजक सर्मिला थिङ तामाङ, काठमाडौ जिल्ला संयोजक सन्ध्या सुस्केरा र सिन्धुपाल्चोक जिल्ला संयोजक सिम्रन मोक्तान तामाङ को संयुक्त नेतृत्वमा सो क्षेत्रको स्थलगत अध्ययन गरि सबैमाझ सो सामाग्री हस्तान्तरण गरेको जानकारी यस गर्ल पावर टिमको संचालक समिती सचिव सबिना श्रेष्ठले जानकारी दिनुभयो ।

गर्ल पावर टिमको यो सहयोगार्थ कार्यक्रमभने आधिकारिक रुपमा दोश्रो हो । यसअघि पनि यस्तै कार्यक्रम यस टीमले संचालनमा ल्याई सकेको छ । फेरि केही दिनमै यहि टिमद्वारा केही जिल्लाहरुमा मास्क वितरण गर्ने तयारी गरि रहेको छ ।

चाहे जुन सुकै समुदायमा होस, एकता भयोभने हरेक काम कार्यहरु सहजै गर्न सकिन्छभन्ने सकारात्मक सोच बोकेर देश-विदेशमा रहनु भएको महिलाहरु एकीकृत भएर गर्ल पावर टिम निर्माण गरि संचालनमा ल्याउदै असह्य महिलाहरुको दुख पीडाहरुमा मलम बन्ने कार्य गरि रहेको गर्ल्स पावर टीमको संचालन समितिको सदस्यले झापा बुलेटिनलाई बताउनु भयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!