✍️ बिबेक गाहा
झापा । धरान स्थित २०७७ असोज १ गते देखी ३० गते सम्म धरान ८ अवस्थित सभा गृह हलमा निशुल्क खाना वितरण गर्ने भएको छ ।
लोक लक्ष्मी स्मृति प्रतिष्ठानको आयोजनामा धरान उपमहानगरपालिका र रेडक्रस सोसाइटि सुनसरीले हिजो राति पत्रकार सम्मेलन गरी जानकारी दिएको थियोभने कोविड-१९ (कोरोना भाइरस) ले विश्वभर महामारी मच्चाई रहेको अवस्थामा यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन ।
तसर्थ यसै महामारीले निम्ताएको लकडाउनले धेरै नेपालीहरुको काम गरेर चुलो बाल्ने बाटो मेटिएकोले गर्दा यसैलाई मध्यनजर गर्दै सो समुदायलाई लक्ष्यित गरेर निशुल्क खाना वितरण गर्न लागेको सुनाउदै, कोविड १९ (कोरोना भाइरस) बाट जोगिने नितिनियमलाई ध्यानमा राखी सामाजिक दुरी कायम गरी खाना वितरण गर्ने र खाना खाने व्यक्तिलाई पनि सामाजिक दुरी कायममा राखी खाना खुवाउने व्यवस्था मिलाइएको धरान उपमहानगरपालिकाले जनाएको छ ।