झापा । बुद्वशान्ति गाउँपालिका वार्ड नम्बर ३, बुधबारे झापामा अवस्थित मेची राजमार्ग संगै जोडिएर बसेको तेन्जिङ नार्गे होम स्टे संचालनमा आएको छ । एक बिगाहा पाँच कट्ठामा फिजिएको यो जमिनभित्र खेलकुद, विभिन्न जातीयहरुको परम्परागत कार्यक्रम गर्न स्टेज, तरकारी खेती, क्याम फायर, फिसिङ्ग, विभिन्न जातिय संग्रहालय साथै खाना र बस्न व्यवस्था लगायतका सुविधा सहितको विशेषता रहेको यस होम स्टेको संचालक समितीको सदस्यले जानकारी गराउनु भयो ।
मुनाफा भन्दा क्षेत्रीय पहिचानको निमित्त यो होम स्टे संचालनमा ल्याएको भन्दै कुरा थप्नु हुन्छ, बुद्वशान्ती सायदै धेरै नै पर्यटकीय तथा धार्मिक स्थल भएको गाउँपालिका हो । यहाँ धारागोला भ्युटावर, जरेवर, टुटेवर लगायतको पर्यटकीय स्थल हुनुको साथै विभिन्न जातियहरुको मठ मन्दिर रहेको गाउँपालिका तर यसैको वरिपरि रहेर अन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्याकेजमा यस क्षेत्रको पहिचान गराउदै पर्यटकीय र धार्मिक स्थल घुमाउने योजना अहिलेसम्म कोहि कसैबाट न आएको/नभएको हुँदा यसैलाई यो होम स्टेको प्रमुख उद्देश्य बनाएर अघि बढी रहेको छौ ।
वास्तवमा सबै उमेरका समुहलाई मध्यनजर गर्दै यो तेन्जिङ नार्गे होम स्टे को स्थापना गरिएको हो, यो होम स्टे विद्यार्थीहरुको निम्ति उपयोगी बनोस, थेसिस लेख्नेहरुको निम्ति रिसर्च सेन्टर बनोस, रमाउन चहानेहरुको निम्ति मनोरञ्जनको केन्द्र बनोस, संग्रहालयमा राखिएको जातिय पहिचानको सामाग्रीहरु अवलोकनको केन्द्र बनोस, विभिन्न स्वदेशी परिकार खान चाहाना हुनेहरुको रहर पुरा हुने लगायतका कुरामा ढुक्क बन्दै यसै होम स्टेको संचालक समितिको अध्यक्ष मनोरथ तिवारी सुनाउनु हुन्छ ।
यदि संचालक समितिले बनाएको योजनाहरुलाई व्यवहारिक रुपमा पालना गरेँभने “तेन्जिङ नार्गे होम स्टे” निकट भविष्यमा नेपालकै उत्कृष्ट हुने, झापाको मान र बुद्वशान्ति गाउँपालिकाको सान बन्ने कुरामा स्पष्ट देखिएको यसै होम स्टे नजिकैको छिमेकीले नाम नछाप्ने सर्तमा बताउनु हुन्छ । साँच्चै योजना अनुरुप कामकार्य गरेको खण्डमा, मुनाफा व्यवसायको एक पाटो हो तर यसको फाइदा बुद्वशान्ति गाउँपालिका भरिको अधिकांश बासिन्दाहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा उठाउनेछ ।
तेन्जिङ नार्गे होम स्टे संचालनमा ल्याउन जम्मा लगानी कति भयोभन्ने प्रश्नमा यस संचालक समितिको अध्यक्ष मनोरथ तिवारी भन्नू हुन्छ, अथाह प्रयास पछि यतिको बनाईयो, अहिलेसम्म लगभग ५० लाख बराबरको खर्च भैसकेको छ, अब ७० लाख सम्म खर्च हुन्छ होला । हेरौं तपाईहरुको यस्तै साथ सहयोग पाईयोभने जरुर हामीले तयार बनाएको गन्तव्यमा पुग्न सक्छौ । जे होस हामीले पैसा भन्दा समाजमा एक प्रकारको सकारात्मक सन्देश जाने हुँदा यो कार्य गरेको हौं, हाम्रो समुहलाई मुनाफामा अलिकति पनि लालच नरहेको कुरा यस होम स्टेको अध्यक्ष सुनाउनु हुन्छ ।