✍️ बिबेक गाहा मगर
झापा । धरान १ लक्ष्मी सडकको पसलमा गए राति १२ बजे आगो लागेको थियो । आगलागीबाट सो पसलसंगै जोडिएको चिया पसल, आइरन पसल जलेर नष्ट भएको छ । राति एक्कासी आगो देखीएपछी स्थानीयले दमकललाई खबर गरेका थिए, खबर पाएसंगै दमकल त्यस ठाँउमा पुगेपछि स्थानीयहरुको साथ सहयोग र दमकलको सयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
युरेका स्कुल नजिक रहेको छाप्रो संगै चिया पसल, आइरन गर्ने पसल जलेर नष्ट भएको छभने नजिकै रहेको तरकारी बजार भने सुरक्षित रहेको स्थानीयको भनाइ रहेको छ । चिया पसल र आइरन पसल गरेर १ लाख १५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । पसल जलेर नष्ट भएका पीडितलाई राहतको व्यवस्था मिलाउन अहिले स्थानीय र १ नं वडा कार्यलयका जनप्रतिनिधि बीच छलफल भइ रहेको ईलाका प्रहरी कार्यलय धरानले झापा बुलेटिनको प्रतिनिधिलाई अवगत गराउनु भयो ।