✍️ नितेश शाह
झापा। हल्दिबारी गाउँपालिका वडान-५, धनुषाटोल निवासी बिक्रम राईद्वारा हल्दिबारी गापा का ५ वटा वडामा अत्ति बिपन्न असाह्य परिवारलाइ २० के जि का दरले राहत स्वरुप चामल हल्दिवारी वडा न-५ का वडाध्यक्ष शेर बहादुर नेम्बाङ र सचिव भजन संग्रौलाको रोहवरमा वितरण गरेकाछन ।
लगभग ३ महिना अघि अस्ट्रेलियामा बसोबास गर्ने नेपाली दाजुभाइ-दिदीबहिनीहरुको अगुवाइमा राहत वितरण गर्दै गर्दा, धेरै आवश्यकीय व्यक्तिहरुमा चाहेर पनि राहत वितरण गर्न नसक्दा विचलित हुनुभएको बिक्रम थुलुङ्ग राइले वैदेशिक रोजगारमा रहनु हुने साथी-भाईहरुलाई आग्रह गर्दा यु.के मा रहनु हुने हल्दिबारी -४ का जि.के याक्थुम्बा, जापानमा बस्नु हुने हल्दिबारी-५ निवासी जे.बि राई, कोरियामा बस्नु हुने पाँचथर निवासी गणेश लिम्बू लगायत असंख्या दाजुभाइ- दिदीबहिनीहरुको सयुक्त प्रयासमा रु १,५२,०००/- र बिक्रम थुलुङ्ग राइले २४,०००/- गरि जम्मा रु १,७६,०००/- रकम संकलन गरिएको हो ।
उक्त राहत वितरण प्रक्रिया कार्यक्रममा धनुषा आधारभुत विद्यालयका प्रअ सन्त बहादुर ओझ्याङ्ग, स्थानीय निवासी चन्द्र तामाङ्ग, कृष्ण कुमार राई लगायत अन्य युवा समाजसेवीहरुको उपस्थिति रहेको थियो । समाजसेवा र निमुखाहरुको उत्थान गर्न संदैव सकृय रहेका बिक्रम थुलुङ्ग राईले व्यक्तिगत रुपमा हल्दिवारी गापा सँग जोडिएका युवा वर्गहरुबाट गरिबीको असह्य पीडा सहनु पर्ने बाध्य रहेको यस क्षेत्रका बासिन्दाहरुको यसरी नै सहयोग गर्दै साथै अन्य सामाजिक क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याउन समेत सम्पूर्णमा अनुरोध गरेका छन ।