सुजता ।
भन्नुहोस् न ?
भावुक हुँदै रुजन बोल्यो ।
हेर, ती आकाशको बादल कति स्वतन्त्र बनेर डुली रहेको छ । न त बाधा अड्चन दिने कोही छ, थकित नभएसम्म कति मानिसहरुलाई यसरी प्रचण्ड गर्मीमा शिलत प्रदान गर्दै हिँड्छ । हामी चाहिँ कहिले यो बादलझैं स्वतन्त्र भई निस्वार्थ मन लिएर संसारको दिन दुःखीलाई हाँसो र खुसीको शितलता दिन सक्ने हुनु…….प्रतिउत्तरमा दुवै मौन ।
साँच्चै एकदमै गर्मी छ । यो गर्मीदेखि सारा मानिसहरु पिडित छन् । सारा मानिसहरु गर्मीको सताईबाट हैरान बनेका छन् । विहानै स्कुल जाने विद्यार्थीहरु कम्मरमा स्वीटर बेरेर घर फर्किदै थिए । बाटामा फिक्कल बजारदेखि फर्किने मानिसहरुको ताँत थियो । ती मानिसहरु सारा कपडाहरु उतारेर आफ्नो लाजलाई मात्रै छोपेर हिँडुला झैं गर्थे । आफ्नो शरीरमा पहिरिएको पोशाक उतारेर । कोही भने चाहिँ प्रचण्ड घामको प्रकाशदेखि ओझेल हुनको निम्ति केहीक्षण भएपनि शीतल स्थानमा विश्राम लिई रहेका छन् ।
यी दुईभने चौतारामा बसी शीतल भइरहेको महसुस गर्दै गर्मीले सताएको मानिसहरु नियालेर आफ्नो मनलाई प्रफुल्ल बनाई रहेका छन् ।
रुजन दादा ।
भन ।
सरम मान्दै लज्जालु स्वरमा सुजता बोलिन, तपाईलाई एउटा कुरा सोध्नु छ ।
सोध न, हजार वटा प्रश्नको उत्तर दिन परे पनि म पछाडि हड्ने छैन ।
दादा, तपाईले कहिले मलाई तपाईको हुँ भन्ने अवसर दिनुहुन्छ ?
सुजतालाई छड्के नजरले नियालदै रुजन बोल्यो – भविष्यमा ।
दादा, त्यो भविष्य कहिले वर्तमान बनेर आउला त ?
छोटो उत्तर फकाउँदै बोल्यो । त्यसको कुनै निश्चित छैन ।
अलिक संकोचित हुँदै सुजता बोलिन्, दादा, यो के भन्नु भएको ? त्यो भविष्य कहिले बर्तमानमा बदलिएन भने ?
सुजता, त्यस्तो कुरा नगर । त्यो भविष्य एकदिन अवश्य वर्तमान बनेर आउनेछ, धैयताको साथ कुर्न सक्नु पर्छ । फेरी तिमी त मेरो मुटुको भल्व हौ । (आफूप्रति सुजताले गरिएको शङ्काको दृष्टि तोड्दै) तिमीले नै यसरी धड्किन छाड्यौ भने त कहिले पो त्यो भविष्य वर्तमान बनेर आउन सक्ला र ? त्यो भविष्य आउन पूर्व नै मेरो जीवन शेष बनेपछि……
रुजनले आफूप्रति पोखिएको भावनामा पौडिदै सुजता बोलिन्, दादा, तपाईंको यहि कुराले मेरो जीवनमा नयाँ उल्लास, उमङ्ग ल्याई दिन्छ । अब त मेरो भौतिक शरीर मात्रै तपाईंमा समर्पित गर्न बँकी छ, हृदय त उहिले नै तपाईंमा कहिले नछुट्टिने गरी गाँसिएको छ ।
मजाकको पारामा आफ्नो भावना पोख्दै रुजन बोल्यो । मेरो पनि सुजतामा एस.एल.सी. परीक्षाको दिन नै तन मन अर्पित छ नि । जुन दिन हामीले परीक्षा कोठामा परीक्षा दिँदैदेखि प्रेमका नजर जुधाएथ्यौं । सायद बिस्र्यौ हौली त्यो दिन तिमीले ?
दादा, यो के भन्नु भएको, बरु मेरो जन्ममिति भुल्न सकुँला तर त्यो क्षण म जन्मभरि भुल्ने छैन । यी जोडी घण्टौं–घण्टासम्म प्रेमका मिठा मिठा कुराहरु गरेर समय बिताई रहेका छन् । यी दुई आपसमा शरीरलाई नै एक पारुँला झैं गरी टाँसिएर बसी रहेका छन् । बाटामा हिड्ने मानिसहरुको कुनै प्रवाह नै नगरी भोलिका दिनमा आफ्नो प्रेमले कुन मोड लिने हो, त्यसको केही मतलब नै नगरी प्रेमको दुनियामा हराई रहेको छ । यिनीहरु प्रेममा अन्धो बनी सकेका छन् । यिनीहरुमा वर्ग र जातको कुनै चासो थिएन । मात्र यिनीहरुलाई थाहा छ, एक अर्कामा रहेको माया र प्रेमको हुरी बतासले आफुलाई उडाएको तर यो माया र प्रेमको हुरी बतासले उडाएर कहाँ पु¥याई छाड्ने हो त्यसको कुने अत्तो पत्तो छैन ……..
रुजन गाउँकै एक शिक्षित, प्रतिष्ठित र समाजमा स्थापित समाजसेवी झा बहादुर राईको छोरा । तीन छोरा र एक छोरीले रङ्गिन बनाएको थियो – राईको परिवारलाई । राईको अर्धाङ्गिनी गंगा गाउँको प्राथमिक पाठशालाकी शिक्षिका थिइन् भने राई झाबहादुर प्रगतिशिल चिया बगानको सहायक मेनेजर । राई झाबहादुर र श्रीमति गंगाको आयबाट तीन जना छोरालाई गुणस्तरीय शिक्षा हासिल गराई सकेका थिए । रुजनको जेठा दाजु भर्खर काठमाडौं त्रिभुवन विश्वविद्यालयबाट डिग्री सकेर स्याङ्जा क्याम्पसमा जागिर पाएको छ । राईको एक्ली छोरी सरिनाको विवाह दार्जिलिङ्गको दोर्जे तामाङ्गसँग भएको एक वर्ष बितिसक्यो । राईको कान्छा छोरा रोजाङ्ग दिदीको घरमा बसेर दार्जिलिङ्गकै गुणस्तरीय र नाम कहलिएको कलेज ः ओरेञ्ज कलेजमा, प्रमाणपत्र तहमा अध्ययन गर्दै छ । रुजनले भने यसपाली बी.बी.ए. अन्तिम वर्षको परीक्षा दिएर नतिजाको प्रतिक्षामा छ । राई दम्पतिले यसपाली चाहिं रुजनले राम्रो अंक साथ परीक्षा उत्तीर्ण ग¥यो भने विदेश पढाउन पठाई दिने कुरा फुर्सदको समय पाउने वित्तिकै एक आपसमा गरी हाल्थे । तर केही दिन पछि राई दम्पतीको एक आपसको सल्लाह, रुजनको असफलको नतिजाले खरानीको डल्लो बनाई थियो । रुजनको यो नतिजादेखि राईको परिवार बेहद चिन्तित छ । समाजमा अनुहार देखाएर हिंड्नै सरम मानेको छ – राई जोडीले । हुनपनि त अहिले सम्ममा राईको परिवारमा अध्ययनमा हुने असफलको रेखाको घेरामा परेको थिएन तर खै रुजनले यसपाली चाहिँ आमा÷बाबाको ईज्जत नै गुमाई दिएको हो कि … राई जोडी खुबै मानिसहरुको सामु नजर झुकाएर हिंड्ने गर्छन् ।
रुजन ।
हजुर पापा
तिमी यहाँ आउ ।
यी सुजता को हुन् ? मायालु स्वरमा झाबहादुरले सोध्यो ।
पापा, यी मेरो साथी हुन् । के भयो, के गरी तिनीले ?
घरै थर्काएर क्रोधित स्वरमा झाबहादुर बोल्यो । के गर्नु नि, तेरो अध्ययनलाई बिगा¥यो ।
रुजन प्रतिउत्तरमा मौन थियो ।
केहि क्षणमा त्यहाँ शान्त वातावरण बन्यो । भान्सामा राइनीले के गर्दै छिन् प्रष्ट सुनिथ्यो । झाबहादुरले त्यो शुन्यतालार्य तोड्दै पुनः बोल्न लागे, हेर रुजन, तेरो अध्ययनले असफलताको शिखर चुम्नुको प्रमुख कारण तेरो प्रेम रहेको छ । यी कुरा मैले तलाईं ईष्या र रिसको भावले भनेको होइन । तँ राम्ररी बुझ्छस्, मैले यो कुरा तेरै भविष्यको खातिरमा भनेको हुँ । तँलाई प्रेम नगर नि भन्न खोजेको हाइन । मैले पनि प्रेम विवाह गरेको हो तर, तैंले गरेको प्रेममा र मैले गरेको प्रेममा धेरै अन्तर छ । तँ प्रेमलाई चाहना र मनोरञ्जनको रुपमा हेर्छस् । यदि तैले प्रेमलाई यसरी नियालेको होइन भने तैले मैले जस्तै प्रेमलाई भन्दा बढी प्रथमिकता अहिले आफ्नो भविष्यलाई दिन्थिस् । जसले चोखो प्रेमलाई अडिग र अटल बनाउँछ । प्रेमलाई रङ्गीन संसारमा लैजान्छ । यदि तैंले सुजतालाई यो कुरा भनिस् भने तिनीले पनि सही हो भनेर भन्छिन् । अब तँ नै सोच, अब तैंले के गर्नु पर्छ ? मैले सोची सकेको छु । तँलाई काम र अध्ययनको लागि क्यानाडा पठाऊ भनि । अब सोचेर निर्णय गर । तँ आफ्नो प्रेमलाई प्राथमिकता दिन्छस् की ? आफ्नो भविष्यलाई ?
प्रतिउत्तरमा रुजन चुपचाप नै थियो । बुवाको आदेश अनुसार रुजन आफ्नो कोठातर्फ प्रस्थान भयो । झाबहादुर चाहिं गङ्गाले ल्याएको चिया पिउँदै एकोहोरी रहेको थियो । समय परिवर्तनशिल छ । हिजो मात्र हो जस्तो लाग्छ, प्रचण्ड गर्मीले मान्छेलाई सताएको, दुःख दिएको तर अहिले जाडोले मान्छेको मुटुमा नै कम्पन पैदा गराएर सताई रहेको छ । गाउँमा त्यही चिसो जाडोसित प्रचार भई रहेको थियो – रुजन अध्ययनको शिलशिलामा क्यानाडा प्रस्थान भएको । यी कुरा एक कान दुई कान हुँदै मैदानमा पुगेर समाप्त हुन लाग्दा सुजताको कानमा, यो कुरा ठोकिएछ । जुन कुराले सुजता, मुटु छुने चिसो जाडोको प्रतिकार गर्दै घाम उदाउँछ कि भन्ने झिनो आशामा झोक्राएको मान्छे झैं बन्न पुगिन् । उनको आत्मा नै आफ्नो देहबाट चुँडिएर क्षितिजमा पुगेको महसुस गरिन् । हुनपनि त रुजनलाई सर्वश्व ठानेकी थिई । आफ्नो जीवनको किनारा एउटै सोची तन मन दिई चोखो प्रेम गरेकी थिई तर अहिले बिना सल्लाह, म गएँसम्म नभनी विदेशी क्षितिजमा ओझेल भयो । म अब कसरी ऊ बिनाको दिनहरुमा तड्पिएको कुराहरु, के माध्यमबाट पोखुँ । कति निष्ठूरी ! मेरो प्रेमलाई धोकाको बज्र प्रहार गरेर आफु चाँहि रङ्गिन संसारमा रुमलिन सकेको…। म पनि कस्तो ! आफ्नो प्रेमी प्रति यो के पाप सोचेकी ? अहँ केही त्यस्तो जरुरी परेर, मलाई खबर गर्न समेत नपाई ऊ त्यसरी…. मलाई पत्र त अवश्य पठाउँछ होला ।
रुजनको प्रेमपत्रको प्रतिक्षामा सुजताले दुई वर्ष बिताइन् तर रुजनले न त चिठी नै पठाउँछ, न त तार नै गर्छ । तै पनि व्यस्तताको कारणले होला, मलाई पत्र लेख्न र तार गर्न समेत नसकेको । यस्तै सोचेर आफ्नो चित्त बुझाउँथिन् ।
यसरी मात्रै समय कहाँ बित्दो रहेछ र ? बढेको छोरा छोरी राम्रो घरको बुहारी बनाउने सोच त हरेक आमा बाबामा हुन्छ । यस्तै चिन्ताले सुजताको बुवा घले तामाङ्ग र आमा घिउकुमारीलाई सताई रहेको थियो । त्यसैले होला खुबै गर्वको साथ अब आउने माघमा छोरीको विवाह धुमधामसँग गराउने भन्ने कुरा समाजमा चर्चा गरि हिँड्छन् । बाबुआमाको यस्तो व्यवहारप्रति सुजता निकै दुःखी थिई तर बुवा आमाप्रति हुने डर, त्रास, आदर र सम्मानले गाउँमा बुवा आमाले गरी हिँडेका कुरालाई प्रतिकार गर्न सकि रहेकी थिइनन् । मनले त प्रतिकार गर भनि रहनथ्यो तर मुखद्वारा ती मनका कुरा ओकल्न सकि रहेकी थिइनन् । त्यसैले होल सुजता मौन थिइन् । बुवा आमाले आफुप्रति देखाएको ईच्छा, आकांक्षालाई पनि उनि भताभुङ्ग बनाउन चाहन्नथीन् । यता रुजनको प्रेमलाई पनि तोड्न सक्दिनथिइन् । सुजतालाई के गर्नु, के नगर्नु ? सोच्न सकि रहेकी थिइनन् । आज भोलि हुँदै माघ महिना आउनै लाग्यो । सोह्र दिन मात्र बाँकी छ । भोलि सुजताको इन्गेजमेण्ड, त्यसको पन्ध्र दिनको बादमा विवाह ।
‘छोरी सुजता’
सुजता आमाबुवाको अगाडि आएर उभिन्छ ।
भोलि तिम्रो इन्गेजमेण्ड छ । आज सपिङ्ग गर्न बजार जानु पर्छ, तयार भएर आऊ ।
सुजताले बुवा आमालाई केही भन्न चाहन्थ्यो तर मुख चलाएर मात्रै के हुन्थ्यो र आवाज ननिस्किएपछि उनि लाचार भई । केही गर्नै सकिन । बुवा आमाको सोचाईप्रति प्रतिकार गर्न ईच्छा हुँदा हुँदै पनि प्रतिकार गर्न चाहिनन् । सुजता बुवा आमाप्रति कति झुक्न सकेकी, आफुले प्रेमको पुष्प चढाएर । के सुजताले रुजनलाई छोड्ने भई त ? के सुजताले अरु कोहीले बोकी ल्याएको पानीद्वारा नुहाउने भइ त ? के सुजताले प्रेमलाई भन्दा बढी कर्तव्यलाई प्रथमिकता दिन आँटि त ?
आज माघ ३ गते । अबको तीन दिन पछाडी सुजताको विवाह कालिङ्पोङ्को एक घरना परिवारको एक शिक्षित युवकसँग हुन लाग्दैछ । सुजता नुन खाएको कुखुरा झैं झोक्राएर आँगनमा विलिन हुनै लागेको घाम तापी बसी रहेकी थिई । स्पष्ट देख्न सकिन्छ । पल्लो गाउँको अन्तरे भाईले हातमा चिठी बोकी उनको नजिकै आई रहेको । सुजतालाई रुजनले मलाई चिठी पठाएको हो कि भन्ने उत्सुकता जाग्यो ।
सुजताको सम्मुखमा आई, त्यो भाइले मुसुक्क मुस्कुराएर सुजतालाई चिठी दिँदै बोल्यो । रुजन दाजुले पढाउनु भएको रहेछ । सुजताको सात्तो उडेझैं भयो । च्यातुँला झैं गरेर चिठी खोल्न पुगिन् ः कसैको वास्ता नै नगरी
दिनाङ्क………
‘प्यारी सुजता’
प्यार र सम्झनाको वर्षा ।
त्यो बेला तिमीलाई मेरो हृदयको सारा उद्गारहरु पोख्ने औधी चाह थियो तर समय र परिस्थितिले नै मलाई त्यसरी उद्गारहरु पोख्ने अवसर दिएन । केही छैन, आज यो पत्रमा ती उद्गारहरु हाली पठाउँदैछु ।
आज भन्दा अघिका दिनहरुमा तिमीलाई पत्र नकोरेको पनि होइन प्रत्येक दिन लेख्थें । तिमीलाई पत्र तर व्यस्तताले हुलाक घरसम्म पु¥याउन सकिन । तिमीलाई फोन गर्ने चाह पनि नभएको होइन । म हरेक दिन तिमीलाई फोन गर्थे तर दुर्भाग्य तिम्रो घरको मोबाइल नम्बर फेरेको रहेछ । तब म नम्बर मा नै अल्झिन्थे – पि.सि.ओ.मा पुगेर । तब हामी एक अर्कामा सम्पर्क विहिन हुन पुग्यौं…. । यतिका दिनमा हामी एक–अर्कामा सम्पर्क विहिन रहँदा तिमीले मलाई बिर्सिएको छैनौं होला भन्ने आशा लिएको छु ।
सुन, तिमीलाई म यता आउँदा प्रत्यक्ष भेटेर जान्छु सम्म भन्न पाइन । तर तल्लो घरको कान्छीलाई खबर पठाएको थिएँ । तिमीलाई सुनायो होला । अब म चाँडै फर्किदैछु । यहि महिनामा आउँछु होला । त्यहाँबाट तिमी र म पनि विवाह गर्नु पर्छ । मेरो बुवाले भन्नु हुन्थ्यो । प्रेमलाई त्यो बेला प्राथमिकता दिनु पर्छ जुनबेला आफ्नो भविष्य बनि सकेको हुनेछ । अब त मैले आफ्नो भविष्य बनाईसकें । लाग्छ, तिमीलाई धेरै भौतिक खुसीले सजाउन सक्नेछु । ल त बाँकी कुरा भेट मै गरौंला । आजलाई बिदा ।
उहि तिम्रो चिरकालिन साथी रुजन
पत्र पढी सकी । आँखाबाट अनायसै झरेको आँसुले पत्र नै भिजी सकेको थियो । भित्रबाट आमाले बोलाइन् । सुजता झस्की । हतार हतार आँसु पुछेर, यसो वरी परि आँखा डुलाइन । अघिको भाई फर्की सकेको रहेछ । पुनः आमाको स्वर भित्रबाट आयो । सुजताले जनतको साथ पत्रलाई पट्याएर छातीमा राखी । अनि मात्र आमाले बोलाए तर्फ लागि ।
‘सुजता’ तेरो साथीहरु आउन लागे होला । पर्सि तेरो बिवाह अलिक हँसिलो मुहार बनाएर बस् न । आमाको कुरा सुनेर सुजता मलिन स्वरमा बोलिन् । यतिको लागि बोलाउनु भएको ?
चियाको कप हातमा थमाई दिँदै, चिया पिउन बोलाएको हुँ अनि त्यो टेबलमा साग पखालेर राखि दिएको छु । मसिनो काट्नु ? म एकछिन् तल्लो घरमा जान्छु । केही काम छ । थाहै छ, तेरो बुवा तेरो बिवाहको लागि सामान ल्याउन बजार जानु भएको छ । भोकाएर आउनु हुन्छ भन्दै आमा तल्लो घरतिर लागिन् ।
आमाले गर्न लगाएको काम नै नगरी सुजता चुपचाप चियाको कप हातमा बोकी आफ्नो कोठातर्फ जान्छिन् अनि हतार हतार गर्दै कलम कापी झिकी रुजनको पत्रको प्रतिउत्तर लेख्न थाल्छिन् ।
दिनाङ्क……..
पृय,
अशेष प्यारको प्रहर छ तपाईंलाई !
मेरो विवाह पर्सि हुन लाग्दैछ । यसो भन्दा तपाईंलाई बिर्सिएको, धोका दिएको नठान्नु होला । म त प्रेम तपाईंलाई गर्छु । यहाँसम्म कि मृत्यु पछिका पलहरुमा पनि प्रकृतिका माध्यमद्वारा तपाईलाई नै प्रेम गरिरहेको हुनेछ तर अहिले म प्रेम र कर्तव्यको पथमा पुगेर कुन पथबाट अघि बढौं, दोधारमा छु । बुवा आमाले म प्रति गरेको पालन पोषणलाई लत्याउन पनि म सक्दिन । त्यसैले बुवा आमाको निर्णयप्रति म मौन रहेको छु । फेरी त्यो बेला तपाईंपनि मदेखि ओझेल परिसक्नु भएको थियो ः बेखबर । मलाई लागेको थियो, तपाई त त्यही दुनियामा विलिन भई सक्नु भयो तर मेरो यो सोचाई गलत निस्कियो । खुसी लाग्यो, मैले झैं तपाईले पनि चोखो प्रेम मलाई गर्नु भएको रहेछ । यदि सक्नु हुन्छ भने मलाई यहाँबाट लैजानु होस् । यदि तपाईंले मलाई यहाँबाट लैजानु भएन भने त मेरो यहाँ ….. बुझि हाल्नु भो ? म तपाईको प्रतिक्षामा हुनेछु ।
उहि तपाईंकी प्यारी
सुजता
सुजताले पत्र लेखि सके तर कसरी पत्र प्रेषित गर्नु । समय नै छैन । तार गरुँ, रुजनले तार न पत्रमा उल्लेख गरेको रहेनछ । तब सुजताले आफ्नो शिरमा हात राख्दै डाको छोडेर रुँदै पागल झैं बोल्न थाली । म अब अर्कोको हुन लागें, रुजन मलाई माफ गर । आज यो सब मेरै कारणबाट यस्तो हुन लाग्दैछ । मैले उ बेला हाम्रो सम्बन्धबारेमा आमाबाबालाई भनेको भए सायद आज यो दिन आउने थिएन । खुब कर्तव्यको भक्त बन्दा आज चोखो प्रेमको आहुति दिनु प¥यो । मेरो यस्तो निर्णयले मलाई जीवनभरी दुःखी बनाई रहने छ । म यसैलाई आफ्नो निर्णयले दिएको उपहार सम्झी सदैव सजाई राख्नेछु ।
रुजन….रुजन…..रुजन …. अब म नचाहेर पनि तपार्इंदेखि ओझेल बन्दैछु । रुजन मलाई भुलिदिनु ………….।
अस्तु !