झापा । पाँचथरको फालेलुङ –७ पापुन्देनमा युवाहरुकाे एक समूहले बिभिन्न परिवारलाई सहयाेग गरेकाे छ । प्रवासमा रहेका पापुन्देनका युवाहरुले पापुन्देन प्रवासी खबर समूह स्थापना गरी पापुन्देनका विपन्न तथा अशक्त व्यक्ति र परिवारलाई सहयोग गरेकाे हाे । खबर समुहले पापुन्देन आधारभुत विद्यालयका विद्यार्थीहरूलाई समेत आवश्यकताका आधारमा ५२ हजार ८ सय १२ रुपैयाँ बराबरकाे सहयोग हस्तान्तरण गरेकाे छ ।

जापानबाट रकम संकलनकाे संयाेजन गरिरहनुभएकाे सुजन आङ्बोले जन्मभुमिकाे लागि केहि गर्नुपर्छ भन्ने हेतुले सहयाेग रकम संकलन गरी हस्तान्तरण गरिएकाे जानकारी दिनुभयाे । गरिरहनु भएकाे छ । खबर समुहद्वारा श्यामबहादुर आङ्बोलाई दश हजारको खर्चमा विद्युत जडान, जीतबहादुर राई, बुद्धिमान आङवो, कुलामुनि माइली र बृद्व मनराज आङवोलाई जनही ५ हजार बराबरको खाद्यान्न बितरण गरेकाे राेहित आङ्बोले जानकारी दिनुभयाे । पहिरोका कारण पीडित भएका कुमार आङ्वोलाइ नगद रुपैया ५ हजार, एकल महिला रमेश कुमारी राईलाई आत्मनिर्भरताकाे लागि सुँगुर पाल्न ५ हजार रुपैयाँ र पापुन्देन आधारभुत विद्यालयका विद्यार्थीहरूलाई ५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामान वितरण गरेको थियो । साथै ढुवानी, माक्स, सेनिटाइजर तथा अन्य विविध खर्च पनि मुलखर्चमार्फत गरिएको सुजन आङ्वाेले बताउनुभयाे ।

कार्यक्रममा बिभिन्न मूलुकबाट कवित ठटाल, उपेन्द्र ठटाल, लक्ष्मिहाङ आङ्वो, विनोद आङवो, बिमल राई,राजेश राई, प्रकाश ठटाल, सुजन आङवो, सरोज लावती, मदन लावती, धिराज आङ्वो, प्रकाश आङ्वो लगायतले अार्थिक सहयाेग गर्नुभएकाे थियाे । शिक्षक शङ्कर आङ्वो,युवाहरू रुपनारायण लावती, विजय जवेगु, गोपाल आङ्वो, रोहित आङ्वो, कैलाश आङ्वो लगायतले सामग्री तथा सहयाेग रकम बितरणकाे संयाेजन गर्नुभएकाे थियाे । आगामी दिनमा समेत सहयाेगकाे कार्यक्रमलाई निरन्तरता दिईने सहयाेग संयाेजनकर्ता सुजन आङ्वाेले जानकारी दिनुभयाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!