✍️ चित्र माबो लिम्बु
द्धन्द्ध सामाजिक असमान्ता र बिचारको भिन्नताको कारण उत्पन्न असमाजदारी हो। द्धन्द्धले सामाजिक समान्ता कायम गरि उत्पिडित बर्ग माथी सामाजिक न्याय प्रदान गर्दछ र साम्यवाद स्थापना गर्न महत्त्वपुर्ण साधनको रुपमा काम गर्दछ। द्धन्द्धात्मक समाजवाद भन्नाले समाजमा रहेका हरेक बर्ग र समुदाय बिच साँस्कृतिक,आर्थिक ,राजनीतिक,धार्मिक,जातीय,
लिङ्गिय आदिमा हुने असमान्ता, उत्पिडन र अन्यायको विरुद्ध आफ्नो स्वच्छ बिचारको माध्यमबाट सामाजिक न्याय स्थापनाको निम्ति द्धन्द् गर्नु हो।समाजमा रहेका साँस्कृतिक, आर्थिक, राजनीतिक, धार्मिक, जातीय, लिङ्गिय आदि पक्षमा भएको विकृती र बिसंगतीको अत्य गरि सामाजवाद हुँदै साम्यवाद स्थापना गर्न समाजमा स्वस्थ ढंगले द्धन्द्ध सन्चालन गर्नु द्धन्द्धात्मक समाजवाद हो। हामिले साम्यवाद स्थापना गर्न समाजमा रहेको विकृती र विसंगतिको अन्त्य गर्नु पर्दछ। यसको लागि समाजमा सामाजिक द्धन्द्ध आवश्यक रहेको छ।
सामाजिक विकृती
सामाजिक अनियमितता सामाजिक विकृती हो। समाजमा दुई प्रकारको बिकृती हुने गर्दछ। राजनीति र नस्लको अधारमा समाज बिकृत हुने गर्दछ। समाजमा भ्रष्टाचार बढ्नु, राजनीतिक दादागिरी, समाज नाताबाद र कृपावादमा फस्नु, कर्मचारी तन्त्र, उत्पादन र बितरणमा असमानता हुनु, आर्थिक विसमता आदि राजनीति बिकृती हुन। राजनीतिक बिकृतिले समाजको उन्नति र प्रगति गर्नमा समस्या पुराउदछ।प्रगतिशील बिचार र बौद्धिक सम्पतिलाइ पलायन गर्दछ। बर्गीय शोषण र सामन्ती सैतानले समाजलाइ कुरुप बनाउदछ। आफू र आफ्नाको निम्ति मात्र सबै स्वार्थ हेर्नाले त्यहाँ निजित्वको बिकास हुन्छ र सामाजिकरणको समाप्त हुन्छ। त्यसले समाजवाद स्थापना गर्न बाधा पुराउद छ। समाजमा बिकृती बढ्दछ र साम्यवादी समाज निर्माण गर्न असम्भव हुन्छ। समाजमा चलेको परम्परागत बिकृती नस्लको बिकृती हो। नस्लको अधारमा सँस्कृति, भाषा, धर्म, लिङ्ग, जाति माथी अन्याय र उत्पिडन हुन्छ भने त्यो नश्लवादी सामाजिक बिकृती हो। त्यतिमात्र नभएर समाजमा रहेको धर्म र जाती भित्रको संस्कार, संकृती, रितिरिवाज, चालचलन आदिमा भएको नकारात्मक पक्षले समाजमा बिकृती छाएको हुन्छ। जस्तै नेपाली समाजमा भएको जातीय भेदभाव, धार्मिक भेदभाव सामाजमा ब्याप्त नस्लवादी बिकृती हो। संस्कार, संस्कृती, रितीरिवाज, चालचालन भद्दा, महंगो र भड्किलो हुनु पनि सामाजिक बिकृती नै हो। नश्लवादी बिकृतिले आर्थिक समृद्धि र समाजको हरेक सदस्यका चेतनाको बिकास हुनमा बाधा पुराउदछ। जब समाजका हरेक सदस्यहरु आर्थिक,शैक्षिक र राजनीतिक रुपमा माथी उठ्न पाउदैन तब त्यहा समाजवाद स्थापना गर्न गारो हुने गर्दछ। समाजमा राजनीतिक र नस्लका आधारमा हुने बिकृतीले उत्पिडन, अन्याय, शोषण र दमनको उत्जागरण गर्ने भएकोले समाजको उन्नती र प्रगती गर्न दिदैन।त्यसैले यथास्थितिमा समाज रहयो भने साम्यवादी समाजको लक्ष्य हाँसिल गर्न पनि सकिँदैन।
सामाजमा द्धन्द्धको भुमिका
निश्चित उदेश्य सहितको मानिसहरुको सामुहिक बसोबास समाज हो। सामाजिक न्याय र समानता सहितको समाज सन्चालन गर्ने सिद्धान्त समाजवाद हो। समाजवाद हुँदै साम्यवादी समाज निर्माण गर्न समाजमा द्धन्द्धको आवश्यकता पर्दछ। द्धन्द्ध बिना समाजमा रहेका बिकृती र बिसंगतीको अन्त्य हुन सक्दैन। समाजमा राम्रो काम गर्न समेत यथास्थितिवादी, हैकमवादी, सामन्तवादी र पुरातनवादी सोच, विचार र चिन्तन भएका मानिसहरु विरुद्ध द्धन्द्ध गर्नु पर्ने हुन्छ। समाज निर्माणका तत्त्वहरु धर्म, जाती,भाषा, अर्थतन्त्र, राजनीति, संस्कृति, संस्कार आदि हुन। समाजवादमा जाति, धर्म र राजनीतिको आधारमा अन्याय, उत्पीडन र पक्षपात हुनेछैन। उत्पादन र बितरणमा सामुहिक दायित्व रहनेछ। त्यहाँ बर्गीय अन्तर हुनेछैन। परम्परागत रुपमा चलेको नकारात्मक पक्ष हटाइ सभ्य, सक्षम र प्रगतिशील संस्कृति, संस्कार, चालचलन र रहनसहनको स्थापना हुनेछ। यसरी समाजमा सबैकिसिमको अन्याय, अत्यचार र उत्पिडन हटाउन, उत्पादन र बितरणमा निश्चित पद्धति कायम गर्न, आर्थिक समानता कायम गर्न र प्रगतिशील समाज निर्माण गर्न र समाजबाद हुँदै साम्यबाद स्थापना गर्न समाजमा द्धन्द्धको भुमिका महत्त्वपूर्ण रहन्छ। द्धन्द्धले समाजमा रहेको सबै किसिमका अन्याय, अत्यचार, उत्पिडन र बेथितीलाइ हटाइ साम्यवादी समाज निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ।
अन्त्यमा;
समाज निश्चित सिद्धान्तमा चलेको हुन्छ। समाज सन्चालनको सिद्धान्तमा बेथिती प्रवेश गरेमा त्यो समाज बिकृत हुने गर्दछ। समाजमा रहेको बिकृती, विसंगति र उत्पिडनको अन्त्य गरि सामाजिक समानता तथा न्याय स्थापित गर्न द्धन्द्धात्मक समाजवादको आबस्यकता पर्दछ। समाजमा भएको सम्पुर्ण बिकृती, विसंगति, अन्याय, उत्पिडन हटाउन र सबै किसिमका अवसरमा सबैको समान पहुंचको सुनिश्चितता गरि साम्यवादी समाज निर्माण गर्न द्धन्द्धात्मक समाजवादको भुमिका रहन्छ।
(प्रस्तुत लेख लेखकको सङ्कलन भइरहेको `द्धन्द्धात्मक समाजवाद ´नामको पुस्तकको सार मात्र हो।यो कुनै अनुसन्धानात्मक लेख होइन।)