झापा । कमल गाउँपालिकामा ४ जना कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । यी ४ जना घरगाउँबाट कतै नगएको व्यक्तिहरु हुन । सामुदायमा यसरी कोरोना भाइरस फैलिदा कमल गाउँपालिका रेटजोनमा परेको यसै गापाको स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो । संक्रमित हुनेहरु ११ र ७० वर्षिय महिला रहेका छन् भने, २५ र ३२ वर्षका पुरुष रहेका छन् ।

सो गाउँपालिकाले भदौ १२ गते समुदायका र क्वारेन्टाइनका गरि ७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो । जसमा ४ जनामा संक्रमण पुष्टी भएको हो । बाँकी ६६ जनाको भने, रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

कमल गाउँपालिकामा ४ जना संक्रमित थपिए सँगै यस स्थानमा कोरोना संक्रमितको संख्या २४ पुगेको थुलुङ्गले बताए । जसमा ७ महिला र १७ पुरुष रहेका छन् । कमलमा केहि दिन अघि ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!