✍️ डा. चित्र माबो लिम्बू ।
मैले बोकेको सुक्र्यौली झोला
धेरै धेरैले गर्छ्न आहारिस
कतिले त हजुर गर्छ्न गाली
तर किन हो कुन्नी ?
मैले बोके देखिनै
त्यो सुक्र्यौली झोला
खाली छ।
वाह!
कति गजबको झोला?
कसैले भन्दिए होला
तर छिमेकी आमाले भन्छे
कान्छा !
तिमिले दुखाएको टाउकोले
तिमिलाइ नै सताएको छ
तिम्रो भोको पेटले
तिमिलाइ लुते बनाएको छ
त्यसैले कान्छा!
त्यो भारी बिसाइदेउ
अनि तिम्रो सुक्र्यौली झोलामा
सुक्सुकाउदो पसिना भर
त्यसमा तिम्रो भलाइ हुनेछ
त्यो अपराधमा,
ईश्वर प्रतिको भक्ती भाव जाग्नेछ
देश प्रतिको चिन्तन जन्मनेछ
अहँ!
मैले कहिले जानेको छैन
नगनाउने पसिना बेच्न
अनि नसताउने खेती गर्न
त्यसैले,
मेरो सुक्र्यौली झोला खालिछ
मेरो पेट आधा छ
मेरो ढाड टेकेर,
टाउको ठोक्ने जमात छ
मेरो नाम बेचेर
आफन्तलाई पुराउने मित्र छ
झोला थाप्यो भनेर
खाली अन्जुली देखाइ
मुसुमुसु हाँस्ने आफन्त छ
राम राम भनेर
पगलीको छुर प्रहार गर्ने
मेरो बिश्वासी मित्र पनि छ
म सँग सुक्र्यौली झोला छ
त्यसैले मत ढुक्कछु
भोलि म त्यो झोला भर्नेछु
त्यो पनि इज्जतको कमाइले
त्यो बेला भन्नेछ्न
वाह! मेरो प्यारो साथी
हेरन कति माथी?