झापा । विश्वलाई कोरोना महामारीले आक्रान्त बनाएको अवस्थामा, खुला समयको व्यवस्थापन तथा यो महामारीले निम्ताएको परिवारिक आर्थिक संकटलाई केही हदसम्म सम्बोधन गर्न सहयोग पुगोस भन्ने भरोसाको साथ यस नेशनल मोडर्न एग्रीकल्चर नेपाल संस्थाले झापा जिल्लाभर आफ्नो संस्थामा आबद्ध कृषकहरुलाई निशुल्क “चुरापोते” शीपमुलक तालिम दिदै आई रहेको छ ।
अर्जुनधारा नगरपालिका अन्तर्गत पर्ने कृषकहरुलाई कृषकहरुले कायम गरेको स्थानमा गएर १०देखि १२ जनाको एक समूह बनाएर सो तालिम दिएको चुरापोते प्रशिक्षक तथा यस संस्थाका समाजिक परिचालिका सीता खतिवडाले बताउनु भयो ।
चुरोपोते तालिम सिकेर, खुला समयको सदुपयोग गर्दै यस शीपलाई निरन्तरता दियोभने कृषकहरूको परिवारमा केही हदसम्म आर्थिक समस्यालाई सम्बोधन गर्न सक्ने रहेछ । मैले राम्ररी चुरा, पोते, औँठी बनाउन सिके । अब घरमै खुला समय पाएको बेलामा बनाउनेछु, यतै नाजिकको साथीले संचालन गरेको पार्लरमा बेच्नेछु भन्दै यो तालिममा सहभागीता बन्नु भएको गिता पनेरु सुनाउनु हुन्छ ।
कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै, नेपाल सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न बनाएको हरेक नितिनियमको पालना गर्दै यस चुरापोते तालिम दिदै आएको कुरा यसै संस्थाका अर्जुनधारा नगरपालिकाका शाखा प्रमुख मनकुमारी ढकालले अवगत गराउनु भयो ।
यस नेशनल मोर्डर्न एग्रीकल्चर नेपाल प्राली ले गतबर्ष देखि बिचौलिया र बेरोजगारी समस्यालाई आफ्नो शत्रु मान्दै कृषकहरुको हितमा कार्यक्रम गर्दै आई रहेको छ । कृषकहरुले उद्योग, व्यवसायिक खेती तथा पशुपालन गरेर व्यवसायिक उत्पादन गर्नुमा प्रोत्साहित गर्दै बजार व्यवस्थापनको ग्यारेन्टी लिएर बार्षिक योजना बनाएर काम-कार्य गरि रहेको यसै संस्थाको अध्यक्ष धनपती आचार्यले जानकारी गराउनु हुन्छ ।