झापा । पान्थरको हिलिहाङ गाउपालीकामा अवस्थित मिलुङ झरनाको नाम परिवर्तन गरेर मृदुङ्गा बनाईएपछी पान्थरमा विरोधको लहर शुरु भएको छ । ऐतिहासिक, साँस्कृतिक महत्व बोकेको मिलुङ झरनालाई मृदुङ्गा भनिएपछी विभिन्न संघसंस्था र व्यक्तिहरुले यसको चर्को आलोचना गरेका हुन् । स्थानिय सरकार, पत्रकारलगायतले मृदुङ्गा नै हो भन्ने तर्क पेश गरेपछी थप समस्या चुलिएको थियो ।

ऐतिहासिक स्थलहरु स्थानिय भाषामा राखिएको तर पछिल्लो क्रममा एकात्मक राज्यसत्ताबाट ती नामहरु अप्रभंस गरि अन्य मनपरी नाम दिदै आदिवासी, जनजातिको अस्तित्व माथी नियतवस् प्रहार गरेको विरुद्वमा बाँस कविहरुले आफ्ना शब्दहरुबाट शशक्त विरोध जनाएका हुन् ।

लगभग ३० जना कविहरुले आफ्नो फेसबुक वालमा “Save milung campaign” भन्ने ह्याज् ट्याग प्रयोग गरेर देश विदेशदेखी कविता पोस्ट गरेर झरनाको नामाङ्कन अतिक्रमण विरुद्व शशक्त विरोध जनाएका हुन् । बाँस कविताले माहोल सृजना गर्ने साथै नैतिक दबाव उत्पन्न गराउने बाँस साहित्यका एक अभियन्ताले जनाए ।

लिम्बुवान स्प्रीङ रिभुलेशन र याक्थुङ लेखक संघ पान्थर सङ्गको सहकार्यमा बाँस कविहरुले कविताबाट मुखभरिको जवाफ अतिक्रमणकारिहरुलाई दिएका थिए । कियाचु पान्थर, लिम्बुवान स्टडिज् सेन्टर सुम्हात्लुङ च्याप्टर, लिल्डा, ईगल एफएम लगायतले अभियानमा सहयोग गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!