✍️ नितेश शाह

झापा । पुर्वी तथा दक्षिणी हल्दिबारी गापा को वडा न. २ र ४ को सीमामा अवस्थित काजली बजारमा जहाँ (करीब ३५ घर परिवार) मिथला समाज अनि पिछडिएको समुदाय सदस्यहरु मिलेर बाबा गणिनाथ एवम गोबिन्द जि महाराजको जन्मोत्सव पुजनको कार्यक्रमलाइ भव्यताका साथ सम्पन्न गरेका छन ।


विगत २ बर्ष अघि देखि नियमित रुपमा भद्रपुर, बिर्तामोड र दमकमा कानु हलुवाइ कान्दु मध्यदेशीय समाज एवम हलुवाइ समाजद्वारा गरिदै आएको आफ्ना आराध्य एवम कुल देवताको पुजालाई यसपाली कोरोना भाइरसको प्रकोपकै कारण केवल हल्दिवारी र आसपासका गापा र नगरपालिकाका प्रतिनिधिहरुको सामान्य उपस्थितिमा सामाजिक दुरी, सेनिटाइजर एवम माक्सको प्रयोग गरि सामान्य उपस्तिथिमा समापन गरियो । यता हल्दिवारी क्षेत्रमा बसोबास गर्दै आउनु भएका जेस्ठ नागरिकहरु तथा अन्य गापा र नगरपालिकाबाट आउनु हुने आगन्तुक जनलाई रुद्राक्षको माला प्रदान गरि खादा र अबिर लगाइ सम्मान गरे ।


झापा जस्तो पुर्वी क्षेत्र त्यस माथी हल्दिबारी गाउँपालिका जहाँ मध्येशीहरु अल्पसंख्यक भएर पनि आफ्ना सस्कृती र परम्पराको जोगाडको निमित्त खट्ने युवा पिढी अनि लगनशीलताको लागि सिङ्गो समाज कृतज्ञ छन । आगामी दिनहरुमा पनि यसरी कला संस्कृति सम्बर्धन एवम जगेर्ना गर्ने हेतुले पूर्णरुपमा समर्थन गर्ने भनी स्थानीय समाजसेवी उमेश शाह, सुर्य प्रकाश शाह, रामदेव शाह, रन्जीत शाह, राजकुमार शाह, गणेश शाह(बुदुर), वकिल शाह, भगलु शाह लगायतका युवाहरुले वचन दिएका छन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!