✍️ रजिन ढुङ्गेल
झापा । धेरै समय देखि वलेफी -६ मान्खाकी नानू तामाङ क्यान्सरले थला परेकी छिन् । गत बर्ष पहिला पेटमा ट्युमर पलायो, जसको अप्रेसन पनि सफल भयो । अब ठिक हुन्छु, सामान्य जनजीवन मा फर्किन्छु र दैनिकी कृयाकलापमा व्यस्त हुन्छु भन्ने सपना बोकेकी नानु तामाङ लाई बल्ल थाहा भयो कि आन्द्रामा क्यान्सर भएछ । अहिले उनी नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्ज सेन्टरमा उपचाररत त छिन, तर उनको आर्थिक स्थिति कमजोर भएको कारण उनी र उनको परिवारमा थप निराशा छाउँदै गएको छ । उपचाररत नानु तामाङ आफ्नो पीडा पोख्दै भन्छिन् “उपचार गरेको एक वर्ष भइसक्यो यसको लागि ७ लाख खर्च भईसक्यो अब त आम्दानीको कुनै स्रोत नै छैन । उपचार गर्न सक्ने अवस्था पनि रहेन । आर्थिक अभावले च्यापेको छ खै! न त मर्न नै सकिन्छ न त बाँच्न सक्ने स्थिती नै छ।”
३० वर्षको उमेरमै रोगले च्यापेकी नानुलाई उनको उपचारमा गाह्रो भइरहेको छ । अहिले उनको विपन्न नागरिकलाई गम्भीर प्रकृतिको रोगको उपचारवापतको सहुलियतमा उपचार भइ रहेको परिवारबाट खुल्न आएको छ । कहिँ कतैबाट आर्थिक सहयोग बिना उपचार गर्न नसक्ने स्थिती भएपछि नानु तामाङ सम्पूर्ण देश-बिदेशका नेपाली नागरिकलाई हात फैलाउदै सहयोगको अपेक्षा गरेको र सहयोग जुट्न सके आफू बाच्न सक्ने अपेक्षा गरेकी नानुलाइ नेपाल कमर्स क्याम्पस ने.बि.संघ पुर्व अध्यक्ष सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस नेता गोपाल चौलागाईंले नगद रु ४३,१००।- त्रिचालीस हजार एक सय रुपैया नानू लाई उपचारको लागि सहयोग गरेका छन् ।
सम्पुर्ण सहयोगी मनहरुलाइ सहयोग गर्न अपिल गर्दछौ । कोहि सहयोगी मन, दयालु मन, दानविर मनहरुले सहयोग गर्न चहानु हुन्छभने मोबाइल नम्बर ९८१३४५४७३९ सम्पर्क गरेर वास्तविकता कुरा बुझेर सहयोग गर्न सक्नु हुनेछ । हाम्रो सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छभने कृपया यो खबरलाई धेरै भन्दा धेरै सामु पुर्याएर जीवन रक्षाका निमित्त हामी सबैले पहल गरौं ।